अन्तर्राष्ट्रिय हाप्कीडो सेमिनार सम्पन्न

पोखरा, नेपाल मार्सल आर्ट्स हाप्कीडो एसोसीएसनको आयोजनामा पोखरामा प्रथम अन्तर्राष्ट्रिय हाप्कीडोे सेमिनार आइतबार सम्पन्न भएको छ ।

कास्कीको पोेखरा रंगशाला कभर्डहलमा सम्पन्न सेमिनारमा सफलता प्राप्त गर्ने प्रशिक्षार्थीलाइ प्रमाणपत्र पत्र प्रदान गरियो । सोही अवसरमा गत साता सम्पन्न भएको राष्ट्रिय रेफ्रि सेमिनारमा सहभागिलाई पनि प्रमाणपत्र प्रदान गरियो ।

सेमिनारमा ग्रान्डमास्टर अमेरिकाका हि क्वान्ली, अस्ट्रियाका ग्रान्डमास्टर गेरहार्ड अग्रीन्ज, इरानका हेडमास्टर जफार नभेइ, स्पेनका मास्टर सल्भाडोर कभालेरो र सिनीयर मास्टर नेपालका काली बहादुर घर्ती मगरले प्रशिक्षण दिएका थिए ।

गण्डकी मार्सल आर्ट्स हाप्कीडो एसोसीएसन र कास्की मार्सल आर्ट्स हाप्कीडो एसोसीएसनको सहयोगमा आयोजीत दुइ दिने सेमिनारले खेललाई अन्तराष्ट्रिय स्तरमा समेत परिचित गराएको आयोजकले जनाएको छ । समापन कार्यक्रम नेपाल मार्सल आर्ट्स हाप्कीडो एसोसीएसनका अध्यक्ष काली बहादुर घर्ती मगरको सभापतीत्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close