रिङ रेस्लिङ संघ र नेसनल अस्पतालबीच उपचार सेवा सम्बन्धि सम्झौता

पोखरा स्पोर्टस । नेपाल रिङ रेस्लिङ संघ र नेपाल नेशनल हस्पिटलबीच खेलाडीहरुको उपचार सेवा सम्बन्धि मंगलबार सम्झौता भएको छ ।

रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठ र नेपाल नेशनल हस्पिटलका मेडिकल निर्देशक डा.प्रकाश पौडेलले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार अस्पतालले नेपाल रेस्लिङ संघमा आवद्ध खेलाडी र खेलाडीका परिवारलाई उपचार सेवामा छुट दिने छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेडिकल निर्देशक डा.पौडेलले खेलाडीहरुको उपचारका सम्बन्धमा अस्पताल सदैव साथमा रहने बताउँदै ढुक्क भएर खेलमा केन्दीत हुन आग्रह गरे ।

‘अन्तर्राष्ट्रिय जगतमा देशको प्रतिष्ठा अभिबृद्धि गर्ने खेलाडीलाई दिने उपचार सेवामा जोडिनु पाउनु हाम्रो लागि खुशीको कुरा हो । खेलाडीहरुलाई सहयोग पुगोस् भन्ने हाम्रो प्रयास हो,’ निर्देशक डा. पौडेलले भने– ‘म खेलाडीहरुलाई ढुक्क भएर खेलमा केन्द्रित हुन आग्रह गर्दछु ।’

नेपाल रिङ रेस्लिङ संघकी महासचिव श्रेष्ठले सम्झौताका लागि अस्पताललाई धन्यवाद दिदै भनिन्– ‘खेल र ट्रेनिङका दौरान खेलाडी घाइते हुन्छन् । आर्थिक समस्याका कारण चिन्ता लिएर खेल्नुपर्ने अवस्था छ । अस्पताल उपचारका लागि अगाडि बढेकाले चिन्ता हटेको छ ।’  श्रेष्ठले अस्पताल र संघको सहकार्यले आगामी दिनमा पनि निरन्तरता पाउने विश्वास व्यक्त गरिन् ।

मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष धुव्र आचार्यले सम्झौताले खेलाडीलाई तनावमुक्त भएर खेल्ने वातारण सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

रेस्लर नुवाकोटे टाइगरले अस्पताल संगको सहकार्यले खेलाडीमा उर्जा सञ्चार भएको बताउदै खेल जीवनलाई अगाडि बढाउन थप प्रेरणा मिलेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close