एन्फा प्राविधिक तथा प्रशिक्षकहरुको समिक्षा वैठक सम्पन्न

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्ना प्राविधिक तथा प्रशिक्षकहरुको दोश्रो चरणको समिक्षा वैठक विहिवार सम्पन्न भएको जनाएको  छ ।

नेपालमा कोभिड १९ को प्रभाव वढे सँगै अनलाइन मार्फत भएको समिक्षात्मक वैठकको छलफलमा अध्यक्ष कर्मा छिरिङ शेर्पाले अनलाइन मार्फत सबै कुराहरु दुरुस्त बनाइ राख्न र भए गरेका गतिविधीहरुलाई समेटन प्राविधिक र  प्रशिक्षकहरुलाई आग्रह गरेका छन ।

एन्फा प्राविधिक कमिटीको आयोजनामा भएको छलफलमा अध्यक्ष शेर्पाले आफ्ना धारणा प्रस्तुत गर्दै भनेका छन–“अहिले निकै ठूलो समस्या छ, खेलाडी मैदानमा उत्रिन सक्ने अवस्था छैन तर पनि हामीले प्रविधीको पूर्ण उपयोग गर्दै उनीहरुको मानशिक र शारिरिक अवस्थालाई सँगै मनोवल उच्च बनाई राख्न आवश्यक छ ।” उनले कोभिड १९ को महामारीको वेलामा समेत प्रविधीको सहयोगले आफ्ना योजनाहरु बनाउन र सवैमा जानकारी दिन आग्रह समेत गरे ।

एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहले फुटबलको सिकाई जारी राख्न प्रविधीले निकै सहयोग पुग्ने बताए । । यसै गरि महासचिव इन्द्रमान तुलाधरले खेलाडीहरुलाई मानशिक र शारिरिक रुपमा फिट राख्न डिजिटल उपकरणहरुको प्रयोग गर्न सबैलाई आग्रह गरे ।

समिक्षात्मक छलफलमा एन्फाका अध्यक्ष शेर्पा सहित, उपाध्यक्ष, महासचिब, विभागका प्रमुखहरु, विभिन्न प्रदेशका प्रशिक्षकहरुको सहभागिता रहेको थियो । सहभागीहरुले कोभिड १९ ले फुटबलमा परेको समस्या र चुनौतीका वारेमा आफ्ना धारणा राखेका थिए । उनीहरुले अहिलेको अवस्थामा खेलाडीलाई फिट बनाई राख्न कोचिङ्ग र फिटनेसका उपायका वारेमा समेत छलफल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close