पोखरा रंगशाला दर्शक दिर्घामा सिट नम्बर

पोखरा, पोखरा रंगशाला स्थित फुटबल मैदान स्थित दर्शक दिर्घामा सिट नम्बर राखिएको छ । नेपाल र भारत विच हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत हुने महिला फुटबल हेर्न दर्शकको चापलाई थेग्न सिट नम्बर राखिएको हो ।

निर्माणाधिन रंगशालामा करिब ६ हजारको संख्यमा रहेका कुर्चीहरुमा नम्वर तोकिएको छ छ भने टिकटमा समेत कुर्चीको नम्बर उल्लेख गरिएको स्रोत साधन परिचालन समितीका संयोजक संजिब बहादुर कोईरालाले बताएका छन । नेपाल र भारत विच हुने खेलमा ४ हजार टिकट मात्रै विक्रि गरिने भएको समितीले जनाएको छ ।

तिन दिन अधि भएको राउण्ड रोविन लिग अन्तरगत भएको नेपाल र भारत विचको खेलमा अत्याधिक दर्शकको चापले एक घन्टा अगावै टिकट विक्रि समेत बन्द गरिएको थियो । टिकट नम्बर राख्नाले दर्शक हरुलाई समेत सहज हुने संयोजक कोइरालाले बताए । ‘यो सबै व्यवस्थित गर्न गरिएको हो’ उनले भने–‘नेपाल र भारत विचको खेलमा दर्शकको चाप हुन्छ, सबैलाई सहजता होस र खेल हेर्न पाउन भन्ने हाम्रो चाहना हो ।’

पोखरा रंगशालामा आज हुने समापन कार्यक्रमको समेत शुरक्षा स्थितीलाई निकै बलियो र व्यवस्थित बनाइएको छ । समापन कार्यक्रममा संघिय सरकारका यूवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्मा उपस्थित हुने आयोजकले जनाएको छ ।
तस्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close