अन्तर्राष्ट्रिय भर्चुअल कराते प्रतियोगितामा नेपाललाई ३ स्वर्ण सहित ११ पदक

पोखरा । अन्तर्राष्ट्रिय भर्चुअल कराते प्रतियोगितामा नेपालले ३ स्वर्ण सहित ११ पदक जितेको छ ।

फिलिपिन्समा भएको “डा ट्रियाड मिट गेम्स कराते आइडल फोर नेक्सट् लेभल इन्टरनेसनल कराते ई टुर्नामेन्ट” मा नेपालले ३ स्वर्ण सहित ११ पदक जितेको हो । उक्त प्रतियोगितामा नेपालका तर्फबाट निर्णायको भूमिका खेलेका रवी शाहीका अनुसार सुविता गौतम, अनुभा मगाती र जुलियाना मोक्तानले स्वर्ण पदक जितेका छन ।

प्रतियोगितामा सहभागी भएका सुविताले यु ९ कातामा, अनुभाले यु १७ महिला कातामा र यु १९ कुमुतेमा जुलियानाले स्वर्ण पदक हात पारेको प्रशिक्षक समेत रहेका शाहीले बताए । यसै गरि प्रतियोगितामा यु १२ को कातामा भएको प्रतिष्पर्धामा न्यान्सी क्षेत्रीले रजत पदक जितेकी छन । काता तर्फ कै यु ९ मा दिपशन सापकोटा र सिनियर तर्फको महिला कातामा रिना श्रेष्ठ तथा कुमुते यु १७ मा अनुराग पाण्डेले रजत पदक हात पारे ।

प्रतियोगितामा कुमुते यू २५ पुरुष तर्फ जामिन मर्हजन, यू १२ कुमुते महिलामा प्राथना अग्रवाल, यू ९ कुमुते महिलामा सुविता गौतम र यू १२ पुरुष कातामा रुद्राक्ष देवकोटाले कास्य पदक जितेका छन ।

फिलिपिन्स कराते लिग तथा शिकुवुकाई युरोपको आयोजनामा भएको उक्त प्रतियोगितामा नेपाल सहित स्वेडेन, फिलिपिन्स, इजिप्ट, भारत, व्राजिल, युनाइटेड अरव इमिरेट्स, मकाउ, हङकङ, इटाली सहित १४ देशका खेलाडीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close