
पोखरा । कोभिड १९ का कारण सम्पुर्ण खेल गतिविधी ठप्प भए पनि तेक्वान्दोको भर्चुअल मार्फत प्रतियोगिता सञ्चालन हुने भएको छ ।
काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजना गर्ने प्रथम काठमाडौं भर्चुअल तेक्वान्दो प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको संघले जनाएको हो ।
भदौ १२ र १३ गते हुने तेक्वान्दोको पुम्से विधा हुने प्रतियोगितामा १ सय ७० जना सहभागी हुने संघका अध्यक्ष अशोक खड्काले जनाएका छन । प्रतियोगितामा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का २ स्वर्ण विजेता पनि प्रतियोगितामा सहभागिता जनाउने उनले जनाए ।
१३ औं सागका स्वर्ण विजेता निता गुरुङ र सन्जिला तिम्सिनाले सहभागिता जनाउने भएका हुन् । त्यस्तै १३ औं सागका कांस्य विजेतात्रय दीपेन्द्र गुरुङ, प्रेमबहादुर आले र अस्मिन राउतले पनि प्रतियोगितामा सहभागिता जनाउदै छन् ।
प्रतियोगितामा लाग्ने खर्चको ५० प्रतिशत जिल्ला संघ आफैले व्यहोर्ने छ भने बाँकी सगरमाथा तेक्वान्दो डोजाङका प्रशिक्षक धीरज गुरुङले प्रायोजन गर्नेछन् ।
