
पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन २०२०/२०२१का लागि सञ्चालन गर्ने विभिन्न कोचिङ कोर्षका लागि आवेदन माग गरेको छ ।
एन्फाले सञ्चालन गर्ने विभिन्न कोचिङ कोर्ष सहित एफसी स्पेसियल कोर्षहरुको सुची सार्वजनिक गर्दै अनलाइन मार्फत आवेदन माग गरेको हो । सो वारे जानकारी दिंदै एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फाले सन २०२०/२०२१ का लागि सञ्चालन गर्ने ११ वटा विभिन्न कोर्षका लागि आवेदन माग गरिएको बताए । सञ्चालन हुने कोर्षहरुमा फुटबल प्रशिक्षकका लागि लाइसेन्सिङ कोर्ष देखि गोलकिपिङ कोचिङ कोर्ष सम्म रहेका छन ।
एन्फाले सञ्चालन गर्नेकोर्षहरु सवै प्राविधिकतर्फका रहेका रहेको अध्यक्ष शेर्पाले बताए । उनले भने–“हामी नेपाली फुटबलको प्राविधिक पाटोलाई वलियो बनाउँदै फुटबलको विकास गर्न चाहन्छौ ।” प्राविधिक पक्षलाई वलियो बनायो भने मात्रै खेलाडी उत्पादन संगै विश्व फुटबलका नयाँ प्राविधिक पक्षको ज्ञान खेलाडीमा वाड्न सकिने र नेपाली फुटबललाई अझै आर्कषक बनाएर लैजान सकिने उनले बताए ।
एन्फाले माग गरेको आवेदन अनुसार सञ्चालन हुने एन्फा ग्रास रुट कोचिङ कोर्ष, कम्युनिटी कोचिङ कोर्ष एन्फा डि लाइसेन्स, एन्फा/एफसि लाइसेन्स कोचिङ कोर्ष, एन्फा/एफसी बि लाइसेन्स कोचिङ कोर्ष, एन्फा/एफसी ए लाइसेन्स कोर्ष, एन्फा एडभान्स युथ कोचिङ कोर्ष रहेका छन ।
यसै गरि एफसी स्पेसियल कोचिङ कोर्षहरुमा एफसी फिटनेस लेभल वन ए कोचिङ कोर्ष, एफसी फिटनेस लेभल वन वि कोचिङ कोर्ष, एफसी लेभल वन गोल किपिङ कोचिङ कोर्ष, गोलिकिपङ लेभल टु कोचिङ कोर्ष, एफसी फुटसल लेभल वन कोचिङ कोर्षहरु रहेको अध्यक्ष शेर्पाले जानकारी दिए ।
ति सवै कोर्षहरु २०२० अक्टोवर देखि २०२१ डिसेम्वर सम्म तय गरिएका छन । एन्फाको कोर्ष सञ्चालन गर्ने प्रमुख सञ्जित सिंहले धेरै भन्दा धेरै खेलाडी र प्रशिक्षकहरुलाई यो कार्यक्रममा सहभागी गराउन लागिएको बताए । “हामीले सवै जिल्ला र प्रदेशहरुमा यसवारे सूचना दिएका छौं सकभर कोही पनि नछुटोस भन्ने हाम्रो चाहना हो,” उनले भने ।
एन्फाले संचालन गर्ने कोर्षका लागि तलको लिंकमा गएर आफ्नो नाम दर्ता गर्न सकिने एन्फाले जनाएको छ : (कृपया तलको लिंक किलिक् गर्नुहोस् अनि आफ्नो कोर्ष छान्नुहोस्)
https://the-anfa.com/coaching/courses?fbclid=IwAR0V1uvpPiPe8PL- -94F6XxAFNmXX0ImpPY9BPCPddJAwYDJPxu2RNUvb40

Beni bazar Myagdi 7