युरोपियन च्याम्पियन्स लिगको उपाधी वायर्नलाई

पोखरा । जर्मन क्लब बायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

च्याम्पियन्स लिगको फाइनल खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई १–० ले स्तब्ध पार्दै बार्यन म्युनिख युरोपियन च्याम्पियन बनेको हो । यो जित सँगै बायर्नले छैटौं पटक उपाधि जित्न सफल भएको हो ।

वायर्नको जितमा किङ्गस्ले कोम्यानले खेलको ५९ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । जोसुआ किमिचले उपलब्ध गराएको पासमा कोम्यानले हेडमार्फत गरेको गोल नै उपाधीका लागि निर्णायक बन्यो । कोम्यानले पिसएसजी वाट नै खेल जिवन शुरु गरेका थिए ।

सन् १९७४, १९७५ र १९७६ मा लगातार तीन पटक उपाधि जित्दै उपाधिमा ह्याट्रिक गरेको बायर्नले सन् २००१ र २०१३ मा पनि उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close