
पोखरा । काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप अगष्ट २९ देखि ३० तारिखसम्म हुने भएको छ ।
प्रतियोगितामा करिब ५ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् । पुरुष/महिलामा समान ६–६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुने छ । यु–१२, यु–१५, यु–१८, १८– ३१ वर्ष, ३१–४० वर्ष र ४१ वर्षमाथि उमेर समूहमा खेल हुने छ । पुम्से विद्यामा मात्र प्रतिस्पर्धा हुने छ ।
खेलाडीले अगष्ट २७ र २८ तारिखमा श्रब्यदृष्य पठाइ सक्नु पर्नेछ । प्रतियोगिता सञ्चालन गर्न खड्कासहित नोर्बु लामा, मिन न्यौपाने, हीराबहादुर थापा र विक्रम खड्गी निर्णायकका रुपमा परिचालन हुनेछन् । खड्का कार्यवाहक अध्यक्ष भएपछि पहिलो प्रतियोगिता हुन लागेको हो । खड्का साउन २० गते कार्यवाहक अध्यक्ष बनेका थिए ।
