राखेपका प्रशिक्षक, खेलाडी, कर्मचारी र पदाधिकारीको कोरोना परीक्षण

पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप)का प्रशिक्षक, खेलाडी, कर्मचारी र पदाधिकारीहरुको आज कोरोना परीक्षण गरिएको छ ।

काठमाण्डौ उपत्यकामा कोरोनाको जोखिम वढ्दै गएपछि उनीहरुको कोरोना परीक्षण गरिएको हो । राष्ट्रिय खेलकुद परिषदको परिसरमा करिव ३ सय जनाको कोरोना परीक्षण गरिएको नवनियुक्त राखेप वोर्ड सदस्य सम्पन्न श्रेष्ठले बताएका छन ।

“यति वेला कोरोनाको जोखिम उपत्यका लगाएत देशभरि परेको छ” वोर्ड सदस्य श्रेष्ठले भने–“अग्रिम रुपमा सजगता अपनाउन हामीले यो पहल गरेका हौ ।” काठमाण्डौ उपत्यकामा कोरोनाको जोखिम वढे संगै टोकियो ओलम्पिक लगाएत अन्य नियमित प्रशिक्षण समेत स्थगित भएका छन ।

राखेपमा नवनियुक्त वोर्ड सदस्य सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठको पहल तथा लायन्स क्लव अफ मेल्भी जोनको सहकार्यमा कोरोना परीक्षण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close