कोरोनाका कारण एनओसीको कार्यालय वन्द

पोखरा । काठमाण्डौ उपत्यकामा कोरोनाको सक्रमण वढे संगै नेपाल ओलम्पिक कमिटी (एनओसी)को कार्यालय वन्द गरिएको छ ।

एनओसीका उपाध्यक्ष एवम कार्यकारी निर्देशक चतुरानन्द राज वैद्यले कार्यालय साउन २९ गते सम्मका लागि कार्यालय वन्द गर्ने एक सूचना मार्फत जनाएका छन । उपाध्यक्ष वैद्यले एनओसीको  सवै कामहरु भने यथावत रुपमा घरबाट नै सुचारु हुने जनाएका छन ।

एनओसीका महासचिब निलेन्द्रराज श्रेष्ठले एनओसी कार्यालय नजिकै रहेको स्क्वायस कोर्टमा एकजनामा कोरोना पुष्टि भएपछि सावधानी अपनाउन कार्यालय वन्द गर्नुपरेको जनाए । उनले स्थानिय सरकारले समेत सचेतता अपनाउन आग्रह गरेकोले पनि घरवाट नै काम गर्ने गरि केही दिनका लागि कार्यालय वन्द गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close