भिनिसियस र एम्बाप्पेको गोलमा रियल म्याड्रिड विजयी

पोखरा स्पोर्ट्स ।  स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले भिल्ला रियललाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भिल्ला रियललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियरले २ गोल गरेका थिए भने किलीयन एम्बाप्पेले एक गोल गरेका थिए ।

त्यस्तै भिल्ला रियलका लागि एक गोल जर्ज मिकाउटाडजेले गरेका थिए । यस खेलमा खेलको ७७औं मिनेटमा भिल्ला रियलका सान्टिगो मोउरीनोले रातो कार्ड पाएपछि भिल्ला रियल १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि रियल म्याड्रिडको ८ खेलमा २१ अंक भएको छ र लिगमा शिर्ष स्थानमा उक्लिएको छ ।

त्यस्तै भिल्ला रियलको ८ खेलमा १६ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close