
पोखरा । एशियन चेस महासंघले आयोजना गरेको ‘एशियन सिनयिर्स अनलाइन च्याम्यिनशिप’मा पोखराका राम बहादुर क्षेत्रीेले पाचौ स्थान हासिल गरेका छन ।
एक साता अघि सम्पन्न उक्त प्रतियोगिताको फाइनलमा एशियाली देशका २८ भन्दा वढी देशका खेलाडी सहभागी रहेका थिए । उक्त प्रतियोगितामा क्षेत्रीले पाँचौ स्थान प्राप्त गरेका हुन ।
प्रतियोगिता हुन अघि एशियालाई ७ वटा जोनमा विभाजन गरिएको थियो । फाइनलको यात्रा तय गर्नु अघि उनले नेपालमा भएको छनौट खेलमा प्रथम हुँदै जोन २ बाट भिडेका थिए । जोन २ मा क्षेत्रीले दोस्रो स्थान प्राप्त गर्दै फाइनल अन्तिम यात्रा तय गरेका थिए । उनले भने–“फाइनल राउण्डमा म राम्रै संग भिडेको थिंए तर खेल्दा खेल्दै इन्टरनेटमा समस्या आयो”, उनले थपे–“पछि अंक गणना हुँदा पाँचौ भए ।”
पोखराका क्षेत्री खेलकुद शिक्षकहुन भने वास्केटबल र ह्याण्डबल खेल संग समेत सम्वन्धित छन ।
