
पोखरा स्पोर्टस । काठमाण्डौमा जारी काभा उमेन्स भलिबल नेसन्स लिगमा नेपाल फाइनलमा पुगेको छ ।
इरान विरुद्धको सेमीफाइनलमा नेपाल सोझो ३–० को जित दर्ता गर्दै फाइनलमा पुगेको हो ।
लिग चरणमा इरान विरुद्ध पराजित भएको नेपाल यो जित संगै हारको बदला समेत लिएको छ । नेपालले इरान संग पहिलो सेट बाट हावी हुँदै तिन वटै सेट आफ्नो पक्षमा पार्न सफल भयो ।
पहिलो सेट २५–२१ ले जितेको नेपाल दोस्रो सेट २८–२६ र तेस्रो सेट २५–२० ले जित दर्ता गर्दै उपाधि नजिक पुगेको छ ।
लिग चरणमा भारतलाई पराजित गरेको नेपाली महिला टोलीले फाइनलमा कस्तो खेल प्रदर्शन गर्ला त्यो भने भोली (बुधबार) हुने फाइनल खेल बाट थाहा हुनेछ ।
आफ्नै खेल मैदान भारत विरुद्धको खेल जित्दै नेपालले इतिहास बनाउन बाट एक कदम मात्रै बाँकी छ ।
