
पोखरा । स्कर्याबल क्लव पोखराले आयोजना गरेको राष्ट्रिय स्तरको अनलाइन हाजिरीजवाफ प्रतियोगितामा झापाका निश्चल भुर्तेल प्रथम भएका छन ।
तिन दिन सम्म चलेको प्रतियोगितामा सहभागी संस्थागत तथा सामुदायिक विद्यालयहरुमा कक्षा १२ सम्म अध्ययनरत विभिन्न जिल्लाबाट २६ जना प्रतियोगीलाई उछिन्दै कास्कीका सिजन पौडेल द्वितिय र पर्वतका सन्देश पौडेल तृतिय भए । विजेताहरुले क्रमश नगद रु ३, २ र १ हजार प्राप्त गरेका छन ।
प्रतियोगितामा गणित, विज्ञान, सामाजिक र कम्प्युटर विषयमा आधारित रहेर अनलाइन मोडलमा आयोजना गरिएको उक्त हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभा उजागर गर्न सहयोग गर्ने अपेक्षा गरिएको अध्यक्ष केशवप्रसाद पराजुलीले बताए ।
स्क्र्यावल क्लव तनहुँ जिल्ला संयोजक विनोद पौडेलको संयोजनमा सम्पन्न उक्त प्रतियोगितामा क्लवका कोषाध्यक्ष पूर्णबहादुर रानाले प्राविधिक सहयोग गरेका थिए । क्लवका अध्यक्ष पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा सिन्धुपाल्चोक जिल्ला सँयोजक चिरन्जीवी नेपाल, झापा जिल्ला सँयोजक रिशव चाहर र क्लवका कार्यसमिति सदस्य ध्रुव थापाको सक्रियतामा सम्पन्न भएको थियो ।
अनलाइन हाजिरीजवाफ प्रतियोगिताको अमेरिकी दुतावासका रेलो स्पेसलिष्ट विश्व गौतम र सेन्टर डाइरेक्टर सुलभ भट्ट, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय अध्यक्ष लक्ष्मण शर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठन कास्की जिल्लाका अध्यक्ष रोमहर्षण पौडेल र क्लवका सल्लाहकार जगन्नाथ अधिकारी तथा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले कोभिड १९ का कहरका विच आयोजना भएको प्रतियोगिताले विद्यार्थीमा सिकाई अनुभवका लागि महत्वपुर्ण रहेको बताए ।



नेपालकाे इतिहासमा नै पहिलाेपटक स्क्र्यावल खेल र साथमा अरु पनि खेलका माध्यमबाट सिकाइमा रुपान्तरणका लागि अहाेरात्र खटिरहेका साथीहरुलाई धन्यवाद ।