कास्की टेनिस संघले गरायो प्रशिक्षक र अफिसियललाई स्वास्थ्य विमा

पोखरा । कास्की जिल्ला टेनिस संघले आफ्ना मातहतका प्रशिक्षक र अफिसियललाई स्वास्थ्य विमा गराएको छ ।

संघले पोखरामा एक कार्यक्रम गरि प्रशिक्षक र अफिसियल १० जनालाई उक्त सेवा उपलव्ध गराएको संघका सचिब नविन चालिसेले जानकारी दिएका छन । कुनै पनि खेल संघले कास्कीमा  प्रशिक्षक र अफिसियललाई पहिलो पटक विमा गराएको हो ।

पोखरेली टेनिस खेलाडी एव सिङ्गापुरमा रहेर टेनिस प्रशिक्षण गराइरहेका अनु जोन र नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले विमाका लागि रकम उपलव्ध गराएका थिए ।

विमाका लागि प्रशिक्षक जोनले ५० हजार र उपाध्यक्ष कायस्थले २० हजार गरि कुल ७० हजार उपलव्ध गराएको कास्की जिल्ला टेनिस संघले जनाएको छ ।

एक कार्यक्रमका विच विमा प्रमाणपत्र हस्तान्तरण गर्दै पोखरा वडा नं १० की स्वास्थ्य विमा प्रतिनिधी निर्मला रेग्मीले स्वास्थ्य विमाको महत्वबारे प्रकाश पारेकी थिइन । उनले आफ्ना प्रशिक्षक र अफिसियललाई यसरी विमा गराउन संघले आफै पहलगर्नु महत्वपुर्ण रहेको बताइन ।

संघका अध्यक्ष दोर्जे लामाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय उपाध्यक्ष कायस्थ, सल्लाहाकार गोपी भट्टराई, संघका उपाध्यक्ष लोक बहादुर गुरुङले आ–आफ्ना भनाई राख्दै खेलाडीले स्वास्थ्यको उपचारमा लामो समय देखि भोग्दै आएको समस्या समधान हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close