
पोखरा । अखिल नेपाल फुटबल संघ कास्कीमा भएको अनियमितता सम्वन्धमा छनविन गर्न एन्फा केन्द्रले गठन गरेको समितीले भोली (बुधबार) बाट छानविन अघि बढाउने भएको छ ।
छानविनका लागि एन्फा केन्द्रको बैठकले संयोजक वीर बहादुर खडका सहितको टोली आज (मंगलवार) पोखरा आइपुगे पछि भोलिबाट छानविन गर्ने जनाइएको छ । एन्फाका उपाध्यक्ष संयोजक रहेको छानविन समितीमा आनन्द रञ्जित र नारायण अधिकारी रहेका छन ।
कास्की जिल्ला प्रशासन कार्यालयले गत फागुनमा एन्फा कास्कीमा भएको अनियमितता बारे १७ वुँदे प्रश्न सहित स्पष्टिकरण सोधेपछि एन्फा केन्द्रले छानविन समिती बनाएको थियो । कोभिड १९ का कारण भएको लकडाउनले छानविन अघि बढ्न सकेको थिएन ।
