विश्व कप खेल्न नेपाली खो खो टोली भारत प्रस्थान

पोखरा स्पोर्टस । प्रथम खो खो विश्व कपमा सहभागी हुन ३० खेलाडीसहित ३६ सदस्यीय नेपाली टोली शनिबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ ।

पुस २९ देखि माघ ६ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुने नेपाली टोलीमा २५–२५ पुरुष/महिला खेलाडी, २ प्रशिक्षक र १ सहायक प्रशिक्षक छन् ।

विश्व कपमा पुरुषमा २० र महिलामा १९ टिमको सहभागिता रहने नेपाल खो खो संघका अध्यक्ष प्रदीप महर्जनले जनाएका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close