जव बालकको उपचारका लागि सहारा बन्यो सहारा युकेको टोली

पोखरा । विश्व यति बेला कोरोना महामारीको संकटमा छ । मानिसहरु यति बेला घर वाहिर त्रासको कारणले निस्कनै मान्दैनन । हुनत नेपालमा कोरोना समुदायमा फैलिएको भने छैन । जति आँकडा छ त्यो प्रवासबाट नेपाल भित्रिएकाहरुमा मात्रै सिमित छ ।

एक २४ वर्षिय महिला आफ्नो बालक काखीमा च्यापेर पोखरा आउँछिन । त्यो पनि धादिङ जिल्लाबाट । बन्दाबन्दीको समय अनि त्रास त छँदै थियो तर पनि हिम्मत गरेर आइन पोखरा केही सहयोग पाइन्छ कि भन्ने आसामा ।

पोखरामा बेलायत कर्म थलो रहेका दुई महिला पार्वती गुरुङ (माईला) र माया गुरुङ (कान्छा)ले आफु पोखरामा रहेदेखिनै विपन्न, महिला तथा अपाङहरुको सहारा बन्दै आएका थिए । उनीहरुको अभियानको कुरा सुनेरनै ति महिला पनि धादिङबाट केही पाउने आसामा पोखरा आएकी थिइन ।

धादिङ्ग ज्वालामुखी–७ माथिल्लो रामपुर निवासी २५ बर्षिय मिलन तामाङ तथा २४ बर्षिय मनिषा तामाङको जन्मदै मलद्वार नभएको नवजात बालकको अप्रेशन गर्न रकम जुटाउनु थियो । करिव तिन महिना देखिको लकडाउनले समस्यामा रहेका नागरिकको त्यो अवस्था देख्दा माइला कान्छाको मन दुख्नु स्वाभािवक थियो । तर अभियानलाई करिव–करिव थाती राखेर सुष्ताउन थालेका उनीहरुलाई बालकको लागि कसरी रकम जुटाउने भन्ने प्रश्न तेर्सियो ।

माइला कान्छाले हार भने खाएनन । उनीहरुले बेलायतमा रहेका साथीभाई पुकारे अनि त घाउमा मल्हमको काम गरे सहारा युकेका पदाधिकारी तथा सदस्यहरुले । तत्कालै ४० हजारको जोहो गरे । सहारा युकेका अध्यक्ष कुमार तथा मिना गुरुङ, उपाध्यक्ष रिटायर्ड ले.कुसाङ गुरुङ तथा पञ्च गुरुङ, महासचिव धनु थकाली तथा चन्दा थकाली, युवाराज गुरुङ तथा उषा गुरुङ बालकको सहारा बने ।

युकेमा रहेका सहारा युकेका अध्यक्ष कुमार गुरुङ आफ्ना पदाधिकारी सहित यो अभियानमा जुट्न पाउँदा निकै खुसी लागेको बताए । उनले भने–“केही न केही गरौं भन्ने सोच थियो अन्ततः बालकको उपचारमा सहयोग गर्न पायौं निकै खुसी लागेको छ ।” बेलायत फर्कन नपाएका दुई दिदी वहिनीले अभियान मार्फत सहयोग गरेकोमा उनले माइला कान्छालाई आभार व्यक्त गरे ।

लकडाउनका कारण नेपालमा रहेका अभियानकर्ता पार्वती गुरुङ र माया गुरुङले विभिन्न महानुभावको सहयोगमा लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी गर्ने करीब एक हजार विपन्न परिवारलाई राहत स्वरुप करीब एकमहिनालाई पुग्ने खाद्यन्न वितरण गरिसकेका छन । उनीहरुले यो अभियानमा साथ दिने सबैलाई आभार व्यक्त समेत गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close