अब खेलकुद गतिविधि विस्तारै अघि बढछनः सदस्य सचिब सिलवाल

पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिब रमेश कुमार सिलवालले खेलकुद गतिविधिहरु अव विस्तारै अघि बढने बताएका छन ।

कोभिड १९ का कारण करिव तिन महिना लकडाउन भएपछि ठप्प रहेको खेलकुद गतिविधि विस्तारै अघि वढ्ने सदस्य सचिब सिलवालले बताएका हुन । “धेरै दिन भयो खेलकुद गतिविधी ठप्प छन, हामीले यतिबेल केही इन्डिभिजुअल खेलहरुको प्रशिक्षण शुरु गरेका छौं, अरु खेलका प्रशिक्षणहरु पनि अव विस्तारै खुलाउनपर्छ भन्ने पक्षमा हामी छौ,”उनले भने ।

खेल गतिविधि अघि बढाउन लकडाउन खुकुलो गर्न सरकारलाई सुझाव समेत दिएको बताउँदै यसका सामुहिक खेलका गतिविधी र प्रशिक्षण अघि बढाउन सरकारको निर्णयको पर्खाइमा रहेको सदस्य सचिब सिलवालले बताए । उनले विभागिय टिमतर्फ विभिन्न खेलका प्रशिक्षणहरु शुरु भइसकेको जानकारी दिंदै यस्तो महामारीको बेला परिषदले मात्रै एक्लैलै निर्णय गर्न नसक्ने भएकोले सरकारको निर्णय छिटो आओस भन्ने पक्षमा आफु रहेको बताए ।

पोखराको सन्दर्भका विभिन्न खेलकुदको पुर्वाधारका विषयमा राखेपले नवौं राष्ट्रिय खेलकुदका लागि सबै पुर्वाधारको निर्माण सम्पन्न गर्ने तर्फ सोच राखेपले बनाएको सदस्य सचिब सिलवालले बताए । चालु आवमा पोखरा रंगशालामा परिषद मार्फत २ करोडको टेन्डर मार्फत काम सम्पन्न हुने बताउँदै यति यसका लागि टेन्डर समेत खुलिसकेको उनले जानकारी दिए । उनले भने–“हामी सकेसम्म बवेट फिर्ता नजाओस भन्ने पक्षमा छौं र त्यसको प्राविधिक पक्षको मुल्याकंन गरिसकेका छौं ।”

कोभिडका कारण भएको लकडाउनका कारण केही दिन सरकारले ई–विडिङमा समेत रोक लगाएपछि ढिलोगरि पोखरा क्रिकेट रंगशालाको टेन्डर भएको जानकारी दिए । “धेरै कामहरु चैत वैशाख बाट शुरुगर्नु पर्ने वाध्यता तर ठ्याक्कै सोही समयमा लकडाउन भयो” उनले भने–“गण्डकी प्रदेश सरकारको समेत एक करोड त्यही मैदानको लागि छ भन्ने सुने उहाँहरुको निर्णय पर्खदा समेत केही ढिलो भयो ।” अहिले प्राविधिक पक्षको मुल्याङकन सकिएको र आर्थिक पक्षको मुल्याङकन केही दिनमा टुङ्गिएर काम शुरुहुने उनले बताए । उनले पोखरा बहुउद्धेश्यिय कभर्डहलको कुर्चीको लागि टेन्डर समेत सम्पन्न भई केही दिनमा काम शुरुहुने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close