अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्सेमा रेखले जितिन कास्य पदक

पोखरा । कोरोना भाइरस (कोभिड– १९) ‘भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिप’मा नेपालकी रेख गुरुङले कास्य पदक जितेकी छन ।

युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा भएको प्रतियोगितामा रेखले ३०–४० वर्ष उमेर समुहमा कास्य पदक जितेकी हुन ।

उक्त उमेर समुहमा अरुवाकी जेनिफर गार्सियाले स्वर्ण तथा चिलीकी मार्गरिटा आस्कोबारले रजत पदक जितेकी थिइन । विजेताहरुले मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

जुम प्रविधी मार्फत विहिबार राती सम्पन्न प्रतियोगितामा विभिन्न उमेर समुहमा एकल पुम्से, एकल पारा पुम्से, फ्रिस्टायल र जुनियरमा प्रतिष्पर्धा भएको थियो । प्रतियोगितामा सहभागिता जनाएका खेलाडीले १ सय डलर बुझाएका थिए ।

विश्वभरी कोरोनाको संक्रमण फैलिए संगै विभिन्न खेलहरुका प्रतिष्पर्धाहरु यति बेला प्रविधी मार्फत आयोजना भइरहेकाछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close