एन्फा अध्यक्ष शेर्पा विरुद्ध फिफामा उजुरी दिएको छु–वरिष्ठ उपाध्यक्ष नेम्वाङ

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा विरुद्ध फुटबल संघहरुको अन्तर्राष्ट्रिय छाता संस्था फिफामा उजुरी परेको छ ।

काठमाडौको एक सञ्चार माध्यममा बोल्दै एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले मधेश विरुद्ध वोलेको भन्दै आफुले फिफामा उजुरी दिएको बताएका हुन । “मैले अध्यक्षज्यु लाई नै सोधेर फिफामा उजुरी दिएको हुँ” उनले भने–“अध्यक्षको अभिव्यक्ति एन्फाको विधान विरुद्ध छ ।”

एक साता अघि एन्फा अध्यक्ष शेर्पाले एक सञ्चार माध्यममा मधेशीहरुलाई राष्ट्रियता सिकाउन पनि त्यहाँ प्रशिक्षण र अन्य फुटबलका कार्यक्रमहरु सञ्चालनमा ल्याएको बताएका थिए । अध्यक्ष शेर्पाले बुधबार एक प्रेस विज्ञप्ती प्रकाशित गरि आफ्नो भनाई प्रति क्षमा मागेका छन ।

तर एन्फा अध्यक्ष शेर्पाको उक्त अभिव्यक्ति पछि मधेशी आयोगमा उजुरी परेको छ भने मधेशी सांसदहरुले उनको अभिव्यक्तिलाई लिएर संसदमा समेत आवाज उठीसकेको छ भने तत्काल राजिनामा नदिए पुनः संसदमा आवाज उठाउने जनाएका छन ।

यता कास्कीको फुटबल संघको अनियमितता लगाएतको विषयमा छानविन गर्न गठित एन्फाको छानविन समितीका संयोजक रत्न कुमार श्रेष्ठले समेत संयोजक पदमा वस्न अनिच्छुक रहेको अन्तरवार्ताका क्रममा वरिष्ठ उपाध्यक्ष नेम्वाङले जनाएका छन । केही दिन अघि एन्फाको सम्पन्न बैठकमा भएको कुरालाई उद्धृत गर्दै वरिष्ठ उपाध्यक्ष नेम्वाङले एन्फा केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठ संयोजक पदमा अनिच्छुक रहेको खुलासा गरे ।

गण्डकी प्रदेशका सांसद दिपक मनाङे संगको विवाद चरमउत्कर्षमा पुगेपछि कास्की एन्फाका अध्यक्ष मिलन गुरुङ माथि छानविन गर्न भन्दै एन्फाले २०७६ फागुन २० गते तिन सदस्यिय टोली गठन गरेको थियो । छानविन टोलीमा अग्रज फुटबल खेलाडी आनन्द रञ्जित र नारायणदत्त अधिकारी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close