नेपाल फेन्सिङ्ग संघले मनायो विश्व फेन्सिङ दिवश

पोखरा स्पोर्टस । नेपाल फेन्सिङ संघले विश्व फेन्सिङ दिवश २०२२ का अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।


सो अवसरमा संघले एक अभिमुखिकरण कार्यक्रमको समेत आयोजना गरी दिवश मनाएको संघले जनाएको हो । उक्त कार्यक्रमा फेन्सिङ्ग खेल सँग आवद्ध खेलाडीहरु, प्रशिक्षकहरु र अफिसियलहरुको सहभागीता रहेको थियो ।

सो अवसरमा संघका महासचिव सुजनलाल श्रेष्ठले अभिमुखिकरणमा आफ्ना भनाई राख्दै खेलकुदमा जसरी विश्वव्यापी रुपमा नै डोपिङ चुनौतिको रुपमा रहेको छ त्यसरी अहिले खेलकूदका प्रतिष्पर्धाहरुका विरुद्ध हुने कृयाकलापहरु अर्को चुनौतिको रुपमा रहेको बताए ।

कार्यक्रममा संघका अध्यक्षसुनिल कुमार श्रेष्ठले विश्व फेन्सिङ दिवशको उपलक्ष्यमा सम्पुर्ण खेलाडीहरुलाई हार्दिक शुभकामान दिएका थिए ।

शनिबार सेप्टेम्बर १० का दिन अन्तर्राष्ट्रिय फेन्सिङ्ग महासंघ सँग आवद्ध रहेका सम्पुर्ण सदस्यीय राष्ट्रका फेन्सिङ्ग संघहरुले विभिन्न कार्यक्रमहरु आयोजना गरि दिवश मनाएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close