एन्फा अध्यक्ष शेर्पाले मधेश विरुद्ध बोले, कार्वाही गर्न संसदमा माग

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले मधेश विरुद्ध एक अन्तरवार्तामा विवादस्पद अभिव्यक्ती दिएपछि उनलाई कारबाही गर्न संसदमा नै आवाज उठेको छ ।

एन्फा अध्यक्ष शेर्पालाई मधेशका जनतालाई राष्ट्रियताको पाठ सिकाउन प्रदेश नं २ का विभिन्न जिल्लामा ग्रासरुट लेभलको फुटबल प्रशिक्षण दिन सुरु गरिएको खेल पत्रकार विष्णुहरि घिमिरेसँग दूरविन नेपालको कुराकानीमा बताएका थिए ।

सोही कुरामा प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसद विमलप्रसाद श्रीवास्तवले एन्फा अध्यक्ष शेर्पाको उक्त अभिव्यक्ति गैर जिम्मेवार रहेको बताउँदै शेर्पालाई कारबाही गर्न जोडदार रुपमा माग गरेका छन ।

अध्यक्ष शेर्पाले उक्त कुराकानीमा आर्मीको ब्यारेक आउँदा कम्तिमा राष्ट्रिय गीत गाउने, नेपालको विषयमा चर्चा हुने र फुटबलको माध्यमबाट खेलाडी उत्पादन गर्ने हिसाबले यो गरिएको बताएका थिए ।

तर शेर्पाले बोलेको उक्त अभिव्यक्ती भने एन्फा विधान विपरित छ । यस्तो रंगभेदी अभिव्यक्ती दिने विरुद्ध बोल्ने विरुद्ध निस्कासन, निलम्वन र अनुशासानको कार्वाही हुने एन्फाको विधान धारा ३ मा स्पष्ट रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close