
पोखरा, नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि साउथ एसियन ओलम्पिक काउन्सिल र सेफ दि मिसनको टोली शनिबार पोखरा अइपुग्ने भएको छ ।
नेपालको साग तयारीका बारेमा जानकारी लिन तथा सम्पूर्ण खेलकुद भेन्यूको निरिक्षण गरि जानकारी लिन टोलीले साग खेल स्थल काठमाडौ र पोखरामा निरिक्षण गर्ने भएको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवम सागसहजिकरण समिति पोखराका सदस्य तेज गुरुङले जानकारी दिएका छन ।
साग तयारी बारे भेली बिहान काठमाडौमा बैठक समेत बस्ने र शनिबार साँझ पोखरा आइपुग्ने उपाध्यक्ष गुरुङले जानकारी दिए । सातै देशका ओलम्पिक प्रतिनिधी र सेफ दि मिसनको टोलीले आइतबार बिहान साग पोखरा स्थानिय सहजिकरण समिती संग शंयूक्त बैठक बसेर सम्पूर्ण जानकारी लिने भएको छ ।
नेपाल भ्रमणमा आएको टोलीले आइतबार साग आयोजना हुने सम्पूर्ण खेल स्थलको निरिक्षण गर्ने समेत उपाध्यक्ष गुरुङले जानकारी दिए । टोली भेन्यू संगै खेलाडी बसोबास गर्ने होटल, यातायत, शुरक्षा लगाएत अन्य महत्वपूर्ण व्यवस्थापनको समेत जानकारी लिने र निरिक्षण समेत गर्ने भएको छ ।
