सांसद गौचनले रंगशालाका श्रमिकलाई दिए राहत

पोखरा । गन्डकी प्रदेशका सासद चन्द्रमोहन गौचनले पोखरा रंगशालामा निर्माणमा जुटिरहेका श्रमिकलाइ आज राहत सामाग्री प्रदान गरेका छ्न ।

पोखरा रंगशाला पुगेर सासद गौचनले राष्ट्रिृय खेलकुद परिषद (राखेप) का सद्स्य राजेश गुरुङलाई २४ हजार बराबरको खाद्धय विभिन्न सामाग्री हस्तान्तरण गरेका हुन ।

सांसद गौचनले प्रदान गरेका राहत सामाग्रीमा चामल, दाल, तेल, नुन, चिउरा, आलु, प्याज लगायत रहेकाछन । राखेप सद्स्य गुरुङले हाल रंगशालामा ८५ जना श्रमिक कार्यरत रहेको र उनिहरुलाइ दैनिक ज्याला बाहेक खाना र खाजाको प्रबन्ध विभिन्न सहयोगी मनहरुले प्रदान गरेको सामग्रीबाट र अन्य स्रोत बाट गरिएको बताए ।
तस्विरः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close