पोखरा रंगशालाको टेनिस कोर्ट: धान रोप्ने की टेनिस खेल्ने ?

पोखरा, यो टेनिस कोर्ट हो पोखरा रंगशाला परिसरको । रंगशालामा एक हार्ड कोर्ट सहित ६ वटा क्ले कोर्ट छन । यो फोटोमा भएको कोर्ट र अन्य पुर्वाधारहालै मात्र सम्पन्न भएको हो ।

युवा तथा खेलकुद मन्त्रालयले पोखरालाई अन्तर्राष्ट्रियस्तरको टेनिस हव बनाउन भन्दै रंगशालामा एक हार्ड कोर्ट र एक क्ले कोर्ट सहित टेनिसको पुर्वाधार निर्माणका लागि परिषद मार्फत बजेट निकासा गरेको थियो ।

काठमाडौको आर.एन.सी विल्डर्सले निर्माण गरेको उक्त टेनिस कोर्ट निर्मााण गर्न निर्माण कम्पनीले परिषद संग २ करोड ४० लाखमा सम्झौता गरेको थियो । एउटा क्ले कोर्ट र एउटा हार्ड कोर्ट सहित २ सय ४० वर्ग मिटरको क्षेत्रफलमा एक तले विल्डिङ, दुइ वटा चेन्जिङ रुम र करिब २ सय ५० जना दर्शक क्षमता सहितको प्यारापिट र शौचालय समेत निर्माण सम्पन्न भएको छ ।

यो पुर्वाधार निर्माण सम्पन्न भएपनि हस्तान्तरण भने गरिएको छैन । करिव ५ महिना अघि सम्पन्न भएको उक्त पुर्वाधार निर्माण सम्पन्न भएको सिफारिस बनाइदिन कास्की जिल्ला टेनिस संघलाई भने पनि संघले सिफारिस नदिएको बताउँछन सचिब नविन चालिसे । उनले भने–“काम अझै बाँकी छ, क्ले कोर्टको निर्माणमा प्राविधिक त्रुटी छ अनि हार्ड कोर्टको साइडमा ढलान गर्नुपर्ने त्यो पनि भएको छैन ।” “खोई हामीले काम सम्पन्नताको सिफरिस दिएनौ तर कागजमा कतै भयो होलानी?” उनले शंका व्यक्त गरे ।

टेनिस कोर्ट निर्माण गर्दा पुरै प्राविधिक त्रुटी भएको स्विकार्छन कास्की जिल्ला टेनिस संघका पदाधिकारीहरु । “हामीले पटक पटक भन्यौ, पानी धेरै पर्छ यो तरिकाले भएन, तर निर्माण कम्पनीले मान्दै मानेन, अहिले हालत यस्तो छ” टेनिस संघका एक पदाधिकारीले भने । “राम्रो टेनिस कोर्टमा दुई वर्ष सम्म पानी जम्दैन, यो कोर्ट त यस्तो छ, बैशाखमानै धान रोप्ने जस्तो भइसक्यो” सचिब चालिसेले चिन्ता व्यक्त गर्दै थपे–“असार पछि के होला?”

यता पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका ईन्जिनियर प्रनिश ताम्राकारले यस बारे निर्माण कम्पनीलाई जानकारी गरिसकिएको बताए । उनले भने–“यो कुरा निर्माण कम्पनीलाई भनेका छौं मर्मत भएन भने हामीले कम्पनीको धरौटी बाट काटेर भए पनि बनाउँछौ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close