जित्नै पर्ने दबाबका बिच आज विश्वकपमा पाकिस्तान श्रीलंकासँग भिड्दै

पोखरा स्पोर्ट्स । जारी टी-२० विश्वकप अन्तर्गत आज श्रीलंका र पाकिस्तानबीच खेल हुदैछ । सुपर आठ अन्तर्गतको यो खेल श्रीलंकाको पेल्लेकेलेमा नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ ।

श्रीलंका जारी विश्वकपको सेमिफाइनलको दौडबाट बाहिर भइसकेको छ भने पाकिस्तानले श्रीलंकालाई पराजित गरेमा सेमिफाइनलको दौडमा कायम रहेको छ ।

पाकिस्तान हाल २ खेलमा १ अंकसहित -०.४६१ रनरेटका साथ तेस्रो स्थानमा रहेको छ । पाकिस्तानले श्रीलंकालाई यस खेलमा पराजित गरेरमा दोस्रो स्थानमा रहेको न्यूजील्याण्डसँग अंक त बराबर हुन्छ तर रनरेटमा अगाडी आउन ठुलो अन्तरले पराजित गर्नुपर्ने अवस्था रहेको छ । श्रीलंकाविरुद्ध खेल कम्तिमा ६४ रन अन्तरको जित वा पाएको लक्ष्य १३. १ ओभर भित्र पुरा गरेमा सेमिफाइनलमा पुग्ने छ ।

श्रीलंका र पाकिस्तान अहिलेसम्म टी-२० खेलमा २४ पटक आमने सामने भएका छन् । जसमा पाकिस्तानले १४ पटक र श्रीलंकाले १० पटक जितेको छ ।

श्रीलंकाको संभावित ११ : पथुम निस्सान्का, कमिल मिशारा, कुसल मेन्डिस, पवन रत्नायक, दसुन शानक, कमिन्दु मेन्डिस, डुनिथ वेल्लाजे, दुशन हेमन्था, दुश्मन्था चमेरा, माहीस थीक्शना र दिलशान मदुशंका।

पाकिस्तानको संभावित ११:  सलमान अली आगा (कप्तान), अबरार अहमद, बाबर आजम, फहीम अशरफ, फखर जमान, ख्वाजा नाफे, मोहम्मद नवाज, मोहम्मद सलमान मिर्जा, नसीम शाह, साहिबजादा फरहान, सैम अयुब, शाहीन शाह अफ्रिदी, शादाब खान, उस्मान खान र  उस्मान तारिक ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close