
पोखरा, सहारा हङकङका अध्यक्ष दिपक गुरुङले आज पोखरा रंगशाला पुगेर रंगशाला निर्माणमा खटिएका श्रमिकहरुका लागि राहत प्रदान गरेका छन ।

विभिन्न जिल्लाका श्रमिकहरु कोभिड १९ ले लकडाउन जारि रहेकै बेला काम र मामको खोजिमा पुगेका उनीहरु यति बेला पोखरा रंगशालको निर्माणमा खटिइरहेका छन ।

अध्यक्ष गुरुङले राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङलाई नगद २४ हजार ६ सयको विभिन्न खाद्य सामाग्री उपलव्ध गराएका हुन । रंगशालामा खटिएका श्रमिकहरुलाई खाना र खाजाको कुनै समस्या नहोस भन्नका लागि राखेप सदस्य गुरुङले आफ्नो तर्फ बाट सम्पुर्ण व्यवस्था मिलाईरहेका छन ।
सहारा हङकङका अध्यक्ष दिपक गुरुङ र राखेप सदस्य राजेश गुरुङ श्रमिकहरुलाई खाजा वितरण गर्दै भिडियोमा
रंगशालामा खटिएका श्रमिकहरुलाई दिउसोको खाजा समेत आफ्नै हातले वितरण गरिरहेको सहारा हङकङका अध्यक्ष गुरुङले यस्तो विषम परिस्थितीमा समेत श्रमिकहरुका लागि आफ्नो तर्फ बाट केही सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले भने–“हामी खेलकुद संग सम्वन्धित भएका कारणले पनि र खेलकुदकै पुर्वाधार निर्माणमा जुटेका श्रमिकहरुलाई सहयोग गर्न पाउँदा धेरै खुसी छु ।”

यसै विच राखेप सदस्य गुरुङले दिनहुँ जसो रंगशालामा श्रमिकको शंख्या बढ्दै गएको बताए । उनले भने–“दिनहुँ धेरै श्रमिकहरु कामका लागि आइरहेका छन, लकडाउनले सबैलाई समस्य परिरहेको छ, अहिले ९४ जना पुगिसके ।” उनले रंगशालामा खटिएका सबै श्रमिकलाई खाना र खाजाको व्यवस्था गरिएको जानकारी दिए । “सहारा हङकङका अध्यक्ष दिपकजी जस्तै केही मनकारी व्यक्तित्वहरु श्रमिकहरुको सहयोगका लागि आउनुभएको छ, म उहाँहरुलाई आभार व्यक्त गर्न चाहन्छु” उनले भने ।
