भारतलाई आठौं पटक साफ च्याम्पियनसिपको उपाधि

पोखरा स्पोर्टस ।भारतले आठौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।

मालदिभ्समा जारी प्रतियोगितामा नेपाललाई ३–० गोल अन्तरले पराजित गर्दै साफ इतिहासमा भारतले आठौं पटक उपाधि उचालेको हो । पहिलो पटक फाइनल यात्रा तय गरेको नेपालले हाफ टाइम सम्म भारतलाई रोके पनि खेलको ४९ औं मिनेटमा भारतका लागि गोल गर्दै अग्रता दिएका थिए ।

त्यस लगतै भारतले ५० औं मिनेटमा सुरेश सिंह वाङजामले दोश्रो गोल गर्दै भारतलाई उपाधि नजिक पुर्‍याएका थिए । खेलको दोश्रो हाफको अतिरिक्त समयको ९१ औं मिनेटमा भारतका लागि साहल अव्दुलले तेश्रो गोल गर्दै नेपाललाई उपविजेतामा सिमित गरे । नेपाल साफ च्याम्पियनसिपको इतिहासमा भारत संग हार व्यर्होदै पहिलो पटक उपविजेता बनेको हो ।

प्रतिवन्धका कारण टच लाइनमा नरहेका नेपाली टोलीका मुख्य प्रशिक्षक अव्दुल्हा अलमुताइरी भने दर्शक दिर्घाबाट खेल हेरिरहेका थिए भने टच लाइनबाट नेपाली टोलीका प्रशिक्षक किरण श्रेष्ठले खेलाडीलाई निर्देशन गरिरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close