‘उपहारको रुपमा खेलाडीलाई यो मैदान दिनेछौ’–राखेप सदस्य गुरुङ (भिडियो सहित)

पोखरा रंगशाला बैकल्पिक फुटबल मैदानको ६० प्रतिशत सकियो काम

केशव पाठक,
पोखरा रंगशालाको बैकल्पिक फुटबल मैदान निर्माणको काम यति बेला धमाधम भइरहेको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना –कोभिड १९) को सन्त्रास फैलिए पनि रंगशालामा लकडाउन यता तिन साता कामले भने निरन्तरता पाइनै रहेको हो ।

लकडाउनका कारण ठप्प जस्तै बनेको रंगशाला भित्र बैकल्पिक फुटबल मैदानको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ भन्दा कसैलाई अपत्यारिलो पनि लाग्न सक्छ । तर त्यो असम्भवलाई पनि सम्भव बनाएका छन राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश गुरुङले । उनी भन्छन–“लकडाउन त गर्नै प¥यो, विश्वभरी यस्तो महामारी फैलिएको छ, तर काम पनि त गर्नै प¥यो, शुरक्षित तरिकाले काम गर्दा फरक पर्दैन भन्ने लाग्छ ।” उनले थपे–“हेर्नुस अव केही दिनमानै यो मैदान उपहारको रुपमा खेलाडीलाई दिनेछौ ।”

हुन पनि राखेप सदस्य गुरुङको भनाईमा केही दम छ । त्यहाँ धेरै मजदुर पनि छैनन । यता मुख्य फुटबल रंगशालाको काम ठप्प भइरहेको बेला बैकल्पिक मैदान भने करिव करिव तयार हुन लागेको हो । दैनि २४–२५ जना मजदुर र खेलकुदका केही प्रशिक्षकहरु दिनहुँ जसो स्वयसेवी भुमिकामा काममा खटिएका छन । बैकल्पिक खेल मैदान निर्माण मात्रै होइन रंगशाला वरपर फैलिएको झारपात काट्ने, सरसफाई गर्ने, रुख रोप्ने, फुलका बिरुवा रोप्ने काम पनि धमाधम भइरहेको छ ।

के भन्छन त राखेप सदस्य गुरुङ

पोखरा रंगशालाको मुख्य गेट बाटै रंगशालालाई भव्य बनाउने तयारी राखेप सदस्य गुरुङले गरेका छन । उनले भने–“अव यो कोरोनाको सन्त्रास पनि पक्कै हट्ने छ, फागुनमा नवौको तयारी पनि गर्नुछ, घरमा त्यसै हात बाँधेर के बस्नु ।” यसका लागि राखेप सदस्य सचिब रमेश कुमार सिलवालले पनि हौसला दिएको उनी बताउँछन । यति बेला रंगशालाको गेटमा फुलहरु ढपक्क फुलेका छन । हरियो घाँस उम्रिएर हेर्न लायक बनेको छ रंगशाला परिशर यतिबेला ।

यति मात्रै होइन मदन भण्डारी स्पोर्टस एकेडेमीका तर्फ बाट राखेप सदस्य गुरुङले लकडाउनमा समस्यमा रहेका विपन्न वर्ग र ज्यालामजदुरी गर्नेहरुलाई समेत खाद्यान्न उपलव्ध गराएका छन । सडकमा खटिएका ट्राफिक प्रहरी, नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई पिउने पानी, मास्क र फाष्टफुडहरु समेत वितरण गरेका थिए । उनी भन्छन–“कोही त्यस्तो समस्यामा रहेको भए रंगशालामा आउनु म उहाँहरुलाई सहयोग गर्छु ।”

एन्फा कास्कीले अलपत्र छोडेको यो बैलकल्पिक खेल मैदान सम्पन्न गर्न राखेप सदस्य गुरुङले देखाएको जोश जाँगर आफूले त्यसै प्राप्त नगरेको उनी खुलस्त बताउँछन । पोखराका पत्रकार र खेलप्रेमीहरुले उनलाई यो जाँगर भर्न उल्लेख्य कार्य गरेको बताए । “१३ औं सागमा आयोजनामा भएका कमिकमजोरीहरुलाई केलाउँदै नवौको तयारी हामीले भव्य गर्नुछ त्यसैले पनि यो काम सम्पन्न गर्नैपर्छ”;–उनले भने । अवको तिन सातामा काम सक्ने लक्ष्य लिएको उनले जानकारी समेत दिए । “अव केही भाग सम्मयाउने र दुवो रोप्ने काम बाँकी छ त्यो निर्धारित समयमानै सक्छौं;”–उनले भने ।

पोखरा रंगशाला भित्र दुई ठाउँमा खेलाडीका लागि स्वच्छ पिउने पानीको व्यवस्था मिलाएको र अव रंगशालाको टेनिस र आर्चरी खेलमैदानमा पनि यो व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी दिए । पोखरा महानगरपालिकाको सहयोगमा रंगशाला भित्र खुल्ला शारिरिक व्ययामशाला पनि अव छिट्टैनै तयार पारिने उनले जनाएका छन । उनले भने–“मेयरसाबले छिट्टैनै खुल्ला व्ययामशाला बनाउने भन्नु भएको छ, अव यहाँ आउने पाका उमेरका नागरिकहरुलाई व्ययाम गर्न सजिलो हुनेछ ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close