राष्ट्रिय राहत कोषमा राखेपको ३२ लाख

पोखरा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोभिड १९ राष्ट्रिय राहत कोषमा ३२ लाख २६ हजार २ सय ३८ रुपैयाँ ६३ पैसा जम्मा गरेको छ ।

राखेपका पदाधिकारी र कर्मचारीको तलब कट्टा गरी उक्त रकम कोषमा जम्मा गरिएको राखेप अन्तर्गत प्रशासन विभागका प्रमुख एवं प्रवक्ता कुलबहादुर थापाले जनाएका छन् ।

नेपाल सरकारको निर्णयानुसार राहत कोषमा रकम जम्मा गरिएको थापाले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close