
पोखरा, बेलायतमा रहेको गुरुङ समुदायको साझा संस्था तमु धी युकेले हरेक वर्ष आयोजना गर्दै आएको ‘गोर्खा कप’ यो वर्ष अनिश्चित समयको लागि स्थगित भएको छ ।
तमु धी युकेले हरेक वर्ष अग्रेजी महिनाको मे महिनामा यो कार्यक्रम गर्दै आएको थियो । नेपालीहरु माझ अत्यन्तै लोकप्रिय रुपमा रहेको गोर्खा कप फुटबल प्रतियोगिता विश्वव्यापी रुपमा कोभिड–१९ कोरोना संक्रमण बढ्दै गए पछि समयनुकल नहुँदा सम्म स्थगित गर्नु परेको संस्थाका अध्यक्ष नन्दजङ्ग गुरुङले एक प्रेस विज्ञप्ती मार्फत जानकारी दिएका छन ।
विज्ञप्ती मार्फत जानकारी दिंदै अध्यक्ष नन्दजङ्ग गुरुङ र मिडिया सेक्रेटरी रोहित गुरुङ
तम धी युके द्वारा Gurkha Cup सम्बन्धि प्रेस विज्ञप्ति
तमु धी युके द्वारा Gurkha Cup सम्बन्धि प्रेस विज्ञप्ति ।
Posted by Tamu Dhee UK on Sunday, March 29, 2020
यो वर्ष मे को २४ तारिख तय गरिएको १८ औं सस्करणको गोर्खा कप कोरोनाको संक्रमण बढ्दै गएको बाध्य भएर सार्नु परेको जानकारी दिंदै अध्यक्ष गुरुङले भनेका छन–“यस बाट सबै खेलप्रेमी, खेलाडी तथा सहयोगीहरुलाई पर्न गएको असुविधाका लागि हामी दुखि छौं ।” सबैलाई यो कठिन घडीमा एक अर्कालाई सहयोग गर्न र मानविय सहयताका लागि अगाडी आउन उनले आग्रह समेत गरेका छन ।
तमु धी युकेका मिडिया सेक्रेटरी रोहित गुरुङले संस्थाको तर्फ बाट जारि विज्ञप्ती पढेर सार्वजनिक गर्दै बेलायत सरकारले लागु गरेको कोरोना विरुद्धको लडाईमा साथ दिन गोर्खा कप सारिएको जानकारी दिएका छन । उनले उपयुक्त समयमा गोर्खा कप हुने जानकारी सबैमा गराउने बताउँदै यो समय सबैलाई शुरक्षित रहन आग्रह गरेका छन ।
स्मरणिय के छ भने यहि २०२० को मे २५ मा आयोजना हुन लागेको नेपालको राष्ट्रिय फुटबल टिम र ईङ्गल्याडको सि टिम विचको मैत्रीपुर्ण फुटबल म्याच समेत इङ्गल्याण्ड एफ.ए.ले कोरोना प्रभावकै कारण केही दिन अघि मात्रै अनिश्चित समयका लागि स्थगित गरेको घोषणा गरेको थियो । उक्त मैत्रीपुर्ण म्याचको आयोजनाका लागि सहारा युकेले आफ्नो तयारी समेत थालेको थियो ।
