रंगशाला बन्यो ‘कान्जी हाउस’, लक डाउन अवज्ञा गर्ने सबै रिहा (भिडियो सहित)

पोखरा, कोभिड –१९ कोरोनाले विश्वव्यापी रुपमा प्रभाव पारे संगै नेपालमा सुरु भएको लक डाउनको पाँचौ दिन बिना काममा घर बाहिर निस्केकाहरुलाई प्रहरीले पक्राउ गर्यो ।

लक डाउन अवज्ञा गर्नेहरुलाई पोखराका विभिन्न स्थान बाट पक्राउ भएका करिव १ सय ८७ जनालाई प्रहरीले कार्वाही गरेको हो । पक्राउ भएका सबैलाई पोखरा रंगशालामा ल्याइयो । प्रहरीले रंगशालालाई मान्छे थुन्ने कान्जी हाउसका रुपमा प्रयोग गर्यो ।

दिनभर पोखराका विभिन्न स्थान बाट समातिएकाहरुलाई केही घन्टा पोखरा रंगशालाको भलिवल प्रशिक्षण केन्द्र र बास्केटबल कोर्टमा थुनेर छोडिएको छ । उनीहरुलाई कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा एसपी दान बहादुर कार्कीले लक डाउनका विषयमा केही समय क्लास समेत लिए ।

यस अघि प्रहरीले मापासे सेवन गरेका चालकहरुलाई यसरीनै क्लास सञ्चालन गर्दथ्यो । तर आज भने सर्वसाधारण समेत क्लास लिन बाध्य बने ।

पक्राउ परेकाहरुलाई सम्वोधन गर्दै एसपी कार्कीले यो सूचना सबै टोल–टोलमा फिजाउँन आग्रह गरे । उनीहरुलाई पोखरा रंगशालामा व्रिफिङ गरि आज छाडिने बताउँदै उनले पटक पटक अवज्ञा गर्नेलाई कडा कार्वाही समेत गरिने बताए । “कोही नवुझेर नजानेर पनि बाहिर निस्कन सक्छन, उनीहरुलाई सम्झाउनु पहिलो कर्तव्य हो” उनले भने–“औषधी, खाद्यान्न र अन्य अत्यावश्यक बस्तु ओसार पसार गर्ने बाहेकका यातयातका साधनलाई समेत हामी कडाई गर्दैछौं ।”

रंगशाला भित्र थुनिएकाहरुलाई मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले मानविय सहयता स्वरुप पिउने पानी उपलव्ध गराएको थियो ।
यो पनि पढनुस
https://pokharasports.com/news-lock-down/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close