
पोखरा, युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा (सुनार) ले अप्ठ्यारोमा रहेका कुनै पनि नेपाली नागरिकलाई सरकारले तत्काल राहत उपलव्ध गराउने बताएका छन ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना विरुद्धको अभियानमा सरकारलाई साथ दिन आग्रह गर्दै मन्त्री विश्वकर्माले भने–“विश्वव्यापी रुपमा जुन रुपमा कोरोनाले आफ्नो कहर देखाएकोछ यस बाट उम्किने एक मात्रै उपाय भनेको ‘सेल्फ आइसोलेशन’ हो ।”
नेपाल समेत कोरोना विरुद्धको लडाई जित्न होमिइसेको बताउँदै मन्त्री विश्वकर्माले तर यस बाट डराई हाल्न र आत्तिइहाल्नु पर्ने कुनै आवश्यक्ता नभएको बताए । सरकारले समय अनुसार आफ्ना निर्णयहरु सार्वजनिक गर्दै जाने बताउँदै उनले मानव जिवनलाई संकट बाट उर्तान र यसको सामना गर्न तत्पर रहनुपर्ने उल्लेख गरे ।
यो समय सबैले सावधानी अपनाउँदै सरकारले गरेको आह्वानलाई साथ दिन मन्त्री विश्वकर्माले आग्रह गर्दै सबै नागरिक स्वस्थ्य रहने बाँचौ र बचाउँको मुलमर्मलाई आत्मसाथ गर्नुपर्ने उल्लेख गरे । “कुनै पनि नागरिकलाई समस्या परेमा मानविय हिसावले आ–आफ्नो ठाउँ बाट सहयोग गर्न” मन्त्री विश्वकर्माले आग्रह गर्दै खेलाडीहरुलाई आ–आफ्नो बास स्थानमा रहेर आफ्नो खेल प्रशिक्षण जारी राख्न र मानविय सहायता आवश्यक परे शुरक्षित रहँदै सहयोग गर्न आग्रह समेत गरे ।
विश्वव्यापी रुपमा फैलिएको महामारी बाट रोकिएका सबै खेलकुद कार्यक्रमहरु समय अनुसार अघि बढाउन युवा तथा खेलकुद मन्त्रालयले छिट्टैनै आफ्ना धारणा प्रस्तुत गर्ने मन्त्री विश्वकर्माले जनाएका छन ।
