
पोखरा, नेपाली क्रिकेटर सन्दिप लामिछानेले कोरोना विरुद्धको लडाईमा नगद १ लाख सहयोग गर्ने घोषणा गरेका छन ।
सामाजिक सञ्जाल मार्फत पोष्ट गर्दै युवा खेलाडी सन्दिपले नेपाल सरकारले घोषणा गरेको राहत कोषमा १ लाख सहयोग गर्ने घोषणा गरेका हुन ।

नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दिपले सबैजना शुरक्षित रहन सन्देश दिंदै आफूले सक्दो सहयोग गर्न र एक अर्का विचको सामाजिक दुरी बढाई राख्न समेत अपिल गरेका छन । उनले आवश्यहरुलाई सहयोग गर्न सबैसंग फेसबुक मार्फत आह्वान गेरका छन ।
उनले चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माणका लागि समेत सहयोग गरिसकेका छन । उनी कोरोना सहयोग राहत कोषमा सहयोग गर्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन ।
