
पोखरा, नेपालमा गत मंसिर १५ देखि २४ सम्म १३ औं दक्षिण एसियाली खेलकुद सम्पन्न भयो । पोखरामा ८ वटा खेल सम्पन्न भए । ति खेल मध्ये चर्चाको खेलको रुपमा रहेको विच भलिवल पनि थियो ।

पोखरामा राष्ट्रिय खेलकुद परिषदले उपभोक्ता मार्फत ५२ लाखको पुर्वाधार फेवाताल किनारमा ४ वटा कोर्ट तयार पनि भए । पर्यटनको मुख्य केन्द्र लेकसाईडलाई केन्द्रित गर्दै भविष्यमा खेल पर्यटनको आधार तयार गर्न यो विच भलिबल कोर्टले मुख्य निर्वाह गर्न सक्ने भन्ने राखेपका सदस्य सचिब रमेश कुमार सिलवालले समेत बताएका थिए ।
तर यति बेला राज्यको ठुलो लगानी रहेको विच भलिवल र त्यहाँ रहेका खेल सामाग्री साग पछि अलपत्र छोडिएको अवस्थामा छन । कास्की जिल्ला खेलाडी संघका उपाध्यक्ष राजन पौडेलले ‘फेसबुकमा यस्तो स्टाटस पोष्ट’ गरे–“यी कस्का सम्पत्ति हुन ? कस्ले संरक्षक गर्ने हो ? दक्षिण एसियाली खेल समाप्त भयको पनि महिनौं भई सक्यो । बिच भलिबल खेल भएको स्थानमा प्रयोग गरियका खेल सामाग्री जस्ताको त्यस्तै छन् । कि स्थानमा राखेर बिच भलिबल खेल्ने ठाउँ बनाउन लागिएको हो ? हैन भने त्यतिका रकम खर्चिएका खेल सामाग्री किन अलपत्र छाडिदै छ ?”
पौडेलले आफ्नो ‘स्टाटस’मा थप यसरी आफ्नो आक्रोश यसरी पोखेका छन–“राखेप, खेलकुद मन्त्रालय ,नेपाल ओलम्पिक कमिटी नाम मात्रका हुन खर्च भयपछी खर्चेका सामान भिविष्यमा काम लाग्लान भनेर सोच्न पर्ने हो कि होइन ? कि राज्यको सम्पती जे गरेपनी हुने हो ?” उनको आक्रोसलाई बल पुर्याउन वरिष्ठ खेलकर्मी डि.बी गुरुङले यसरी ‘कमेन्ट’ गरेकाछन–“आज बिहान बिहानी हिडाई गर्ने अबसर जुट्यो । मेरो मनमा पनि एस्तै सोच आयोको थियो । भाईले त पोस्ट नै गरिदिन भयो । धन्यबाद भाईलाई सम्बन्धित सरोकार वाला को ध्यान आकर्षण होस ।”

सागको बेलमा विच भलिवल कोर्टमा राखिएको एउटै पोलको मुल्य ३४/३५ हजार खर्च लागेको पौडेलेले बताए । “सागको बेला ५ सेट पोल खरिद भएका थिए” उनले भने–“३ सेट पोल अझै त्यही छन, खल्ला ठाउँ भएकोले चोरी हुने सम्भवाना पनि उत्तिकै छ ।” फेवातालको किनारमा अवस्थित विच भलिवल कोर्ट नेपाल ट्रष्टको जग्गामा पर्दछ । तर ठुलो लगानीमा बनेको उक्त कोर्ट यति बेला संरक्षणको अभाव खट्किदैं गएको छ । आगामी फागुन २०७७ फागुन २० देखि २७ सम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद हुँदैछ । यति बेला देखिनै संरक्षण गरिएन भने फेरि पनि त्यही मैदान पुनः निर्माण गर्न राज्यको दोहन नहोला भन्न सकिन्न ।
पोखरेलीहरु खेलप्रती वढी चासो दिन्छन भन्ने कुरा यसले पनि देखाउँछ । उनीहरुलाई आफ्नो ठाउँमा बनेका पुर्वाधारहरु प्रती वढी चासो पनि दिन्छन संरक्षणका लागि समवन्धित निकायलाई ध्यान आर्कषण गर्छन । कुनै बेला खेल्ने ठाउँको अभाव भएर होस वा खेल्ने ठाउँ भएर पनि खेल सामाग्री नभएर झोक्राएर बस्ने खेलकुद पदाधिकारीहरु छँदा छँदैको सामाग्रीलाई संरक्षण गर्न ध्यान नदिनु दुःख लाग्दो विषय हो ।
तस्विरहरुः राजन पौडेलको फेसबुक बाट
