
पोखरा, विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) का कारण कास्की जिल्ला खेलकुद बिकास समितीले जिल्ला भित्र कुनै पनि खेलकुद गतिविधी नर्गन आह्वान गरेको छ ।
कास्की जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख प्रकाश बरालले हालका लागि सचेतना अपनाउन र कुनै पनि खेलकुद कार्यक्रम नर्गन आह्वान गरिएको बताए ।
युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको समेत सूचना लाई मध्येनजर गर्दै कास्कीमा समेत खेलकुद कार्यक्रम नर्गन अपिल गरिएको प्रमुख बरालले बताए ।
