
पोखरा , आहा ! रारा गोल्ड कपको दोश्रो सेमीफाइनल यात्रामा आज विभागिय टिम नेपाल आर्मीको त्रिभुवन क्लब र मनाङ मर्स्याङदी विच आज (बिहिबार) पोखरा रंगशालामा रोचक भिडन्त हुँदैछ ।
१८ औं संस्करणको उपाधी नजिक पुगेका यि दुई टिम भने यो संस्करण सम्म आइपुग्दा पोखरा रंगशालामा तेश्रो पटक आमने सामने हुँदैछन । नवौं सस्करणको क्वाटर फाइनलमा मनाङले १–० ले खेल जितेको थियो भने १३ औैं को क्वाटर फाइनलमानै मनाङले आर्मीलाई २–१ गोलले रोकेको थियो ।

नेपाल आर्मी क्याराभान कप देखि आहा राराको १७ औं सस्करण सम्म १२ पटक मैदानमा उत्रिएको छ । ४ पटक सम्म फाइनलको यात्रा तय गरेको आर्मी उपाधी होड नजिक पुगेर पनि त्यो मुकाम हासिल गर्न सकेको छैन । सातौं, आठौं, १४ औं र १७ औं सस्करणमा फाइनलमा स्थान बनाए पनि चारै पटक भाग्यशालीमा दर्ज हुन सकेन । त्यसैले पनि उसलाई मनाङको संगको यो सेमीफाइनल यात्रा उत्तिकै महत्वपुर्ण छ उपाधी नजिक पुग्नका लागि ।
यता मनाङले १७ औं सस्करण सम्म आइपुग्दा उसको आफ्नो यात्रा पोखरा रंगशालामा अविस्मरणिय छ । ९ पटक फाइनलको यात्रा तय गरेको मनाङ ५ पटक त उपाधी उचाली सकेको छ । मनाङ १७ औं सस्करण सम्म आइपुग्दा सेमीफाइनल बाटै केही सस्करणमा ब्रेक लागेको छ । दोश्रो, चौथो र आठौं सस्करणमा मनाङको यात्रा सेमीफाइनलमा टुङ्गिएको छ । मनाङले छैटौं र सातौं सस्करणमा सहभागिता जनाएको थिएन ।
आज बिहिबार हुने यि दुई टिमको भिडन्त रोमाञ्चक मात्रै हुने छैन । पावर गेम सङै लामो पास खेल्ने आर्मी मनाङको टेक्निकल गेम उत्तिकै हेर्न लायक हुनेछ । केही राष्ट्रिय खेलाडी सम्मिलित मनाङको टिम युवा खेलाडीले भरिएको उत्साहित टिम हो भने आर्मीको अवस्था पनि करिब करिव उस्तै छ । जारि खेलमा मनाङले झापा ११ लाई क्वाटरफाइनल १–० गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो भने आर्मीले संकटा क्लवलाई ३–० गोलको फराकिलो जित दर्ता गर्दै सेमीफाइनलमा आफ्नो स्थान पक्का गरेको थियो ।
आर्मीका लागि भरत खवास, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, बिबेक बस्नेतले मनाङ विरुद्ध मैदानमा आफ्नो स्वाभाविक खेल कौशल प्रदर्शन गर्ने पक्का छ भने यता मनाङ बाट २ जना विदेशी खेलाडी सहित कमल श्रेष्ठ, अन्जन विष्टले टिमलाई फाइनलको यात्रा तय गराउन भरमग्दुर प्रयास गर्नेछन । खेल विश्लेषकका अनुसार दुवै टिमको फाइनलमा पुग्ने यात्रा फिफ्टी–फिफ्टीको भए पनि मनाङ भन्दा आर्मीको अबस्था केही मजवुत मान्छन । त्यसैले पनि दुबै टोली आफ्नो शाख जोगाउन मैदानमा हुने भिडन्त रोचक हुने अपेक्षा गरिएको छ ।
