कराते मुख्य प्रशिक्षकमा श्रेष्ठ

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद्ले करोत खेलको मुख्य प्रशिक्षकमा दिपक श्रेष्ठलाई नियुक्ती गरेको छ ।

सदस्य सचिवस्तरीय निर्णय अनुसार श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको तालिम तथा प्रशिक्षण विभाग प्रमुख प्रचण्ड शर्माले जानकारी दिएका छन् ।

करातेका नायव बरिष्ठ प्रशिक्षक श्रेष्ठ यस अघि सहायक मुख्य प्रशिक्षकका रुपमा कार्यरत थिए ।

करातेको मुख्य प्रशिक्षक रहेका तुल्सी महर्जन उमेर हदका कारण अवकास भए पछि केही महिना देखि मुख्य प्रशिक्षकको पद खाली थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close