
पोखरा, पुर्बी नेपालको मोफसलको शसक्त टिम झापा ११ लाई १–० गोलले पराजित गर्दै मनाङ मर्स्याङदी क्लब (एमएमसी) १८ औं आहा ! रारा गोल्ड कपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयको ७५ औं मिनेटमा पुजन उपरकोटीको पासमा अञ्जन विष्टले गोल गर्दै टिमलाई सेमीफाइनलको यात्रा तय गराएका हुन । मैदानको पुर्बी भाग बाट पुजन उपरकोटीले दिएको पासलाई झापाको डि बक्समा अनमार्क रहेका अञ्जनले गोल गर्ने अवसरलाई खेर फालेनन । उनको प्रहारलाई झापाका किपर राजकुमार लिम्बुले जोगाउन सकेनन ।
यस अघि पहिलो हाफको खेल गोल रहित बराबरीमा खेले पनि पहिलो हाफमा झापालाई केही दबावमा राखेको मनाङले गोल गर्ने अवसर भने खासै सिर्जनागर्न सकेन । मध्यान्तर लगतै झापाले आफ्ना भरपर्दा खेलाडी विशाल राई ‘बि’ र देवेन्द्र तामाङलाई मैदानमा उतारेर केही दवाव सिर्जना गर्ने प्रयास गरेको थियो । यि दुई जना मछिन्द्र क्लवले रिलिज गरे पछि आज सोझै पोखरा आएका थिए ।

झापाका अभिषेक गुरुङले अतिरिक्त समयको अन्तिम ९४ औं मिनेटमा गोल गर्ने प्रयास खेर फाले पाछे झापा घर फर्किन बाध्य भयो । खेलमा मनाङका अञ्जन विष्ट म्यान अफ दि म्याच घोषित हुँदै सहारा युकेले प्रदान गरेको नगद ५ हजार सहित ट्रफी प्राप्त गरे ।

खेल पछि प्रतिक्रिया दिंदे मनाङका विदेशी प्रशिक्षक फुजा तोपेले आफ्नो टिमले स्वाभिवक गेम खेल्न नसकेको बताए । उनले भने–“हाम्रो टिमलाई रेष्ट नहुँदा खेलको नतिजा भने सोचे अनुरुपको भएन ।” उनले सेमीफाइनल खेलमा खेलाडी आफ्नो लयमा फर्किने बताए ।

यता झापाका प्रशिक्षक सन्तोष गुरुङले खेलाडीले रेष्ट नपाउँदा टिमले हार व्यार्हनु परेको बताए । उनले भने–“सिनियर खेलाडी समयमा आएनन, यूवा टिमका तिन जना खेलाडी घाइते थिए, तर पनि खेलाउन बाध्य भयौं ।” उनले टिमका प्रमोद चौधरी, सरोज कार्की र अंकुर तामाङलाई इन्जुरी भएको बताए ।

आजको खेल २०० औं खेल
२०५८ बाट सहाराले शुरु गरेको व्यबसायिक फुटबल प्रतियोगिताको यात्रामा आजको खेलले २०० औं यात्रा पुरा गरेको छ । आजको दिन विशेष भन्दै सहाराले बेलुन उडाउनुका साथै हिमाली सांस्कृतिक परिवारको सहयोगमा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेको थियो ।

सहाराले दुई वर्ट टिमका खेलाडीलाई मायाँको चिनो प्रदान गर्नुका साथै २०० र्आैं खेललाई विशेष बनाउन गायिका प्रिती आलेले आफ्नो प्रस्तुती समेत दिएकी थिइन ।
भोली(सोमबार) को खेल नेपालको ए डिभिजनको थ्रि स्टार भारतको गान्तोक टिमका विच हुने सहारा क्लव पोखराले जनाएको छ ।
