
पोखरा, नेपाल हक्की संघ द्वारा पोखरामा जारी “सहाना प्रधान स्मृति दोस्रो महिला हक्की प्रतियोगितामा” विभागिय टिम नेपाल आमीै र प्रदेश नं ५ फाइनलमा भिड्ने भएका छन ।
मंगलबार पोखराको खराब मौसमका कारण प्राविधिक रुपले स्थगित प्रदेश नं ५ र गण्डकी प्रदेश विच आज सेमीफाइनल खेलमा प्रदेश नं ५ ले गण्डकीलाई ४–० गोल अन्तरले पराजित गर्दै आर्मी संग फाइनलमा भेट पक्का गरेको हो ।
आज नै सम्पन्न तेश्रो स्थानको खेलमा सुदुर पश्चिम प्रदेशले गण्डकीलाई पेनाल्टी स्ट्रोकमा ४–२ गोल अन्तरले पराजित गरेको छ । खेल अवधीमा दुबै टिम बाट १–१ गोल भएपछि नतिजा पेनाल्टी स्ट्रोक बाट भएको थियो । सुदुर पश्चिम तेश्रो हुँदै नगद १५ हजारको हकदार भएको छ ।
प्रतियोगतामा विभागिय टोली नेपाल आर्मी सहित प्रदेश नम्बर ५, सुदुरपश्चिम, प्रदेश २, प्रदेश १ र गण्डकी प्रदेश गरि ६ वटा टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिता बिजता हुने टिमले नगद ५० हजार, उपबिजेताले २५ हजार र तेस्रोले १५ हजार नगद सहित शिल्ड, मेडल र ट्रफी प्राप्त गर्नेछन । प्रतियोगिताको फाइनल खेल बिहिबार बिहान ८ बजे सम्पन्न हुने नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खडकाले जानकारी दिए ।
