सहारा एकेडेमीमा आश्रित बालकहरुलाई चन्द्र गुरुङले दिए ट्रयाकसुट

पोखरा, पोखरा १७ दोविल्ला स्थित सहारा क्लब पोखरा द्वारा सञ्चालित सहारा एकेडेमीमा आश्रित बालहरुलाई समाजसेवी तथा सहारा युकेका सल्लाहकार चन्द्र गुरुङले ट्रयाकसुट दिएर सहयोग गरेका छन ।

दोविल्ला स्थित एकेडेमी पुगेर सल्लाहाकार गुरुङले सबै बालकहरु संग भेटघाट गरि उनीहरुलाई ट्रयाकसुट प्रदान गरेका हुन ।

एकेडेमीमा आश्रित बालकहरुको उज्जवल भविष्य र आफ्नो खेल जिवनको कामना गर्दै सल्लाहाकार गुरुङले उनीहरुलाई सहयोग गर्न पाउँदा खुसीको अनुभुती भएको बताए । उनले सहारा एकेडेमीमा आश्रित कठिन परिस्थितीका २४ जना बालक, शिक्षक तथा एकेडेमीका सहयोगी सहित २८ जनालाई ट्रयाकसुट प्रदान गरेका थिए ।

केही दिन अघि मात्रै बेलायत बाट आहा रारा फुटबलको लागि पोखरा आएका गुरुङले हरेका वर्ष एकेडेमीका लागि सहयोग पुर्याउँदै आएका छन । सहारा क्लव पोखराका सदस्य समेत उनी बेलायत केन्ट स्थित नेपाली समाजका निवर्तमान अध्यक्ष समेत हुन । बेलायती सेना बाट सेवा निवृत रहेका समाजसेवी गुरुङ गल्फका खेलाडी समेत हुन ।

सो अवसरमा क्लबका अध्यक्ष केशव बहादुर थापाले आफ्नो क्लवको एक जना सदस्य तथा समाजसेवी बाट बालकहरुका लागि सहयोग प्राप्तहुनु खुसीको अनुभुती भएको बताए ।

कर्यक्रममा क्लबका पुर्व अध्यक्ष विक्रम थकाली, क्लवका उपाध्यक्ष विश्व बराल, कोषाध्यक्ष राजुलालचन, कोल्मा बहाकोट तमु समाजका अध्यक्ष भोज बहादुर गुरुङ लगाएतको उपस्थिती रहेको थियो ।
तस्विरः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close