पोखरामा जारी सहाना प्रधान स्मृति महिला हक्कीमा प्रदेश नं ५ र नेपाल आर्मी बिजयी

केशव पाठक/पोखरा,
पोखरामा नेपाल हक्की संघ द्वारा आयोजित “सहाना प्रधान स्मृति दोस्रो महिला हक्की प्रतियोगितामा” प्रदेश नं ५ र विभागिय टोली नेपाल आर्मी विजयी भएका छन ।

पोखरा रंगशालामा जारि दोस्रो दिनको खेलमा ‘पुल बि’ तर्फ प्रदेश नं ५ ले प्रदेश नं २ लाई ३–० गोल अन्तरले पराजित गर्दै ३ अंक बटुलेको छ । प्रदेश नं ५ का लागि सपना सिंह, शिसु कुमारी र नन्दनी सिंहले समान १–१ गोल गर्दै टिमका लागि अंक जुटाए ।

खेलको पहिलो हाफको १४ मिनेटमानै सपनाले टिमका लागि खाता खोलेकी थिइन भने त्यसको ठिक ३ मिनेट पछि शिसु कुमारीले थप १ गोल गर्दै टिमलाई मजबुती प्रदान गरिन । खेलको ४३ मिनेटमा नन्दनीले थप १ गोल गर्दै जितलाई सुनिष्चित गरेकी थिइन । खेलमा विजयी टिमकी सिभाङ्गी वर्मा म्यान अफ दि म्याच भइन ।

यता प्रतियोगितामा बलियो मानिएको गण्डकी संग शनिवारको खेलमा सहज जित दर्ता गर्दै विजयी सुरुवात गरेको विभागिय टोली नेपाल आर्मीले आज प्रदेश नं १ संग पनि सोही अनुरुपको खेललाई निरन्तरता दिंदै थप ३ अंक बटुलेको छ ।

‘पुल ए’मा रहेको नेपाल आर्मीले प्रदेश नं १ लाई १०–० को भारी गोल अन्तरले पराजित गरेको छ । आर्मीले दुई खेल बाट ६ अंक प्राप्त गर्दै अंक तालिकामा आफूलाई शिर्ष स्थानमा उभ्याएको छ ।

आजको खेलमा आर्मीकी सिता माया बलले ह्याट्रिक पुरा गरिन । उनले ४ गोल गर्दै प्रदेश १ लाई पूर्णरुपमा दबावमा राखिन । उनले खेलको ६, २९, ३८ र ५५ औं मिनेटमा गोल गरेकी थिइन । यसै गरि सिता कुमारी चौधरीले र कमला चन्दले समान २–२ गोल गर्दा बन्दान तिवारी र दिप कुमारी घलेले टिमका लागि समान १–१ गोल गरे । खेलमा ४ गोल गरेकी सिता माया बल म्यान अफ दि म्याच हुँदै ट्रफी प्राप्त गरिन ।

प्रतियोगिता अन्तरगत सोमबार दुई खेल हुँनेछन । लिग चरण अन्तरगत पहिलो खेलमा गण्डकी प्रदेशले प्रदेश नं १ संग र दोस्रो खेलमा सुदुर पश्चिमले प्रदेश २ को सामना गर्ने नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले जानकारी दिएका छन ।

प्रतियोगतामा विभागिय टोली नेपाल आर्मी सहित प्रदेश नम्बर ५, सुदुरपश्चिम, प्रदेश २, प्रदेश १ र गण्डकी प्रदेश गरि ६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता प्रथम हुने टिमले नगद ५० हजार, द्रोसोले २५ हजार र तेस्रोले १५ हजार नगद सहित शिल्ड, मेडल र ट्रफी प्राप्त गर्नेछन । लिग कम नकआउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिता पोखरामा २१ गते सम्म सञ्चालन हुने उपाध्यक्ष खडकाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close