लायन्स पुरुष भलिबलको उपाधी सेन्ट्रल भ्यालीले जित्यो

पोखरा, लायन्स क्लब अफ सेन्ट्रल टाउन पोखराले आयोजना गरेको “१३ औं डिष्ट्रिक्ट स्तरिय अन्तर लायन्स भलिबल प्रतियोगिता”को उपाधी लायन्स क्लब अफ सेन्ट्रल भ्यालीले उपाधी जितेको छ ।

पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा आयोजित प्रतियोगितामा पिस चौतारीलाई पराजित गर्दै सेन्ट्रल भ्यालीले १३ औं सस्करणको उपाधी जितेको हो । उपाधी विजेताले खसी प्राप्त गरेको छ भने उपविजेता रहेको पिस चौतारीले बोका प्राप्त गरेको छ ।

त्यस संगै तेश्रो भएको गोल्डेन चौतारीले एक जोडी भाले प्राप्त गरेको छ । प्रतियोगितामा लायन्सक्लवका १६ टिम सहभागिता रहेको प्रतियोगिताका संयोजक एवम पोखरा महानगरका कानुनी अधिकृत नारायण प्रसाद शर्माले जानकारी दिएका छन ।

प्रतियोगितामा बिजेता टिम तथा खेलाडीलाई गण्डकी प्रदेशका सांसद तथा विधायन समितीका सभापती मोहन रेग्मीले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।

यस अघि प्रतियोगिताको उद्घाटन ३२५ बि १ नेपालका गर्भनर इन्दु लम्सालले उदघाटन गरेकी थिइन । उनले यस्ता प्रतियोगिताले लायन्स भित्र भाइचाराको सम्वन्धलाई थप बलियो बनाउन संगै उर्जा दिन सहयोग पुग्ने बताइन ।

सो अबसरमा गर्भनर लम्सालले नेपाली राष्ट्रिय महिला टिमकी कप्तान अरुण शाहीलाई दोसल्ला, सम्मानपत्र र नगद २५ हजारले सम्मान गरिन ।

कार्यक्रम ३२५ बि १ का पूर्व गर्भनर घनराज आचार्य, मल्टिपल डिष्ट्रिक्ट जिएमटी कोर्डनेटर राजन लम्साल, द्वितिय उपाध्यक्ष बिशेश्वर आचार्य, क्लवका सचिब पुरोषत्तम न्यौपाने, चण्डी प्रसाद अर्याल लगाएतले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रम प्रतियोगिता आयोजक क्लबका अध्यक्ष ई.शारदा मोहन काफ्लेको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close