जापानले नेपाललाई दियो १३२ रनको लक्ष्य

पोखरा स्पोर्ट्स ।  जापानले नेपाललाई १३२ रनको लक्ष्य दिएको छ ।

आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको जापानले २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको हो ।

जापानका लागि कप्तान केन्डेल काडोवाकी-फ्लेमिङले सर्बाधिक ६० रन बनाएका थिए । त्यस्तै एसाम रहमानले ३१ रन बनाए भने बेन्जामिन इटो डेभिसले १७ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर सन्दीप लामिछाने र गुलशन झाले २-२ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close