
केशव पाठक/पोखरा,
नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा ‘प्याराग्लाईडिङ वर्ल्ड कप एशियन टुर–२०२०’ अन्तरगतको छनौट खेल तथा ‘१९ औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशिप’ मौसमले साथ नदिंदा बुधवार पनि प्रतियोगिता रद्ध भएको छ ।
बुधवार पनि ‘टास्क’का लागि सराङ्गकोट पुगेका प्रतियोगिहरु फिर्ता भएको कम्पिटिसन डाइरेक्टर विमल अधिकारीले बताएका छन । उनले भने–“आज पनि हामी प्रतियोगिलाई लिएर सराङ्गकोट पुग्यौं मौसमले साथ नदिएपछि आज पनि रित्तो हात फर्किन फर्कनु पर्यो ।”
आयोजकले २० देशका ९२ जना प्रतियोगी पाइलटहरुलाई आज प्रतियोगिता नहुने भएपछि पोखराका विभिन्न ठाउँहरुमा भ्रमण गराउने भएको छ । पोखरा २२ पुम्दी स्थित शान्ती स्तुपा, डेभिस फल लगाएतका स्थानहरुमा भ्रमण गराइने अधिकारीले बताए ।
नेपालमा आयोजना भएको अहिले सम्मकै प्याराग्लाइडिङको ठूलो प्रतियोगितामा मध्येको एक प्रतियोगितामा २० देशका ९२ जना पाइलटहरुले विश्वकप छनौटका लागि प्रतिष्पर्धा गरिरहेको प्रतियोगिताका संयोजक एवम ना का निवर्तमान अध्यक्ष योगेश भट्टराईले बताएका छन । नेपाली १३ जना सहित सहभागिता रहेको उक्त प्रतियोगितामा विदेशी ८ जना महिला खेलाडी पनि रहेका छन ।
नेपाल भ्रमण २०२० को अवसरमा आयोजित उक्त प्रतियोगितामा छनौट भएका खेलाडीले विश्वकपमा पुग्न एशिया तिन देशमा हुने विभिन्न चरणका खेलहरुमा जित्नुपर्ने ना का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । यहि फागुन १७ गते सम्म संचालन हुने प्रतियोगिता अन्तरगत विश्वकप टुरका लागि र नेपाल तर्फको च्याम्पियनशिपमा विजेता खेलाडीलाई पुरस्कृत गरिनेछ ।
