नर्वेजियन भिजी टिभीका प्रतिनिधी र सदस्य सचिव गुरुङ विच भेटघाट

पोखरा स्पोर्टस । नर्वेजियन भिजी टिभीका प्रतिनिधी एन्ड्रेस के. क्रिश्चियनसेन सहितको टोलीले प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङ संग भेट गरेको छ ।
विशेष गरी विश्वभरिका खेलकुद सहित विभिन्न विषयमा अध्ययन अनुसन्धान सहितको सञ्चार सम्प्रेषण गर्ने उक्त सञ्चार माध्यमले नेपालको ह्याण्डबल खेल विकासको विषयलाई भेटघाट गरेको हो । टोलीले उक्त भेटघाटका अवसरमा नेपालको ह्याण्डबल इतिहास र वर्तमान सम्मको स्थितीका बारेमा जानकारी लिनुका साथै नेपाली ह्याण्डबल खेलको विकास संगै अन्तर्राष्ट्रिय क्षेत्रमा सम्वन्धको विकासका बारेमा चासो लिएको थियो ।

भेटका अवसरमा नेपाल ह्याण्डबल संघका अध्यक्ष समेत रहेका गुरुङले नेपाली ह्याण्डबल खेलको स्थापना देखि वर्तमान सम्मको स्थितीका बारेमा जानकारी गराएका थिए । यसै गरी उनले नेपालले ह्याण्डबल खेलमा प्राप्त गरेको उपलव्धी र १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा प्राप्त सफलता संगै आगामी दिनमा ह्याण्डबल खेलका विविध कार्यक्रमका बारेमा जानकारी गराएका थिए । नेपाल ह्याण्डबल खेलको विकासका लागि अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आइएचएफ) र एशियाली ह्याण्डबल महासंघले खेलेको भूमिकाका बारेमा समेत चर्चा गर्दै हालै आइएचएफले पोखराको आउटडोर ह्याण्डबल कोर्टका लागि सहयोग गरेको आउटडोर म्याटका बारेमा समेत जानकारी गराए ।टोलीले पोखरा रंगशालामा निरिक्षण् भ्रमण गरी वहुउद्धेश्यिय कभर्ड हलका साथै आउटडोर ह्याण्डबल कोर्टको समेत अवलोकन गरेको थियो ।

पोखरा विमानस्थलमा अवतरण गरेको टोलीलाई सदस्य सचिब गुरुङ र नेपाल ह्यण्डबल संघका सचिव केशव पाठकले स्वागत गरेका थिए । पोखरा रंगशालामा जिल्ला ह्याण्डबलका कार्यवाहक अध्यक्ष चित्र थापा, सदस्यद्वय राम बहादुर क्षेत्री र पदम नेपाली लगायतले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close