
पोखरा, यहि फागुन २२ गते बाट सुरु हुने आहा ! रारा ! गोल्ड कपमा हरेका खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले बेलायत बाट ल्याइएको ट्रफी पाउने छन ।

हेर्दै आर्कषक ट्रफीहरु र मेडल बेलायतमानै बनेका हुन । कुल ९ खेल हुने आहा ! रारा ! गोल्ड कपमा म्यान अफ दि म्याच सहित उत्कृष्ट विभिन्न विद्याका खेलाडीहरु १–१ थान उक्त ट्रफीहरु हात पार्ने छन ।

ति आर्कषक ट्रफीहरु र मेडल सहारा क्लब पोखराको भातृ संस्था सहारा युकेले उपलव्ध गराएको हो । सहारा युकेका अध्यक्ष कुमार गुरुङका अनुसार ति ट्रफीहरु विगत २००९ अर्थात ११ वर्ष देखि निरन्तर रुपमा सहारालाई प्रदान गर्दै आएको हो ।

सहारा युकेले म्यान अफ दि म्याच ट्रफी सहित नगद ५ हजार र फाइनल खेलमा उत्कृष्ट हुनेलाई १० हजार नगद प्रदान गर्दछ । यो नगद रकम विगत तिन वर्ष देखि खेलाडीलाई सहारा युकेले प्रदान गर्दै आएको छ । फाइनल खेलमा भने उत्कृष्ट विभिन्न विद्याका खेलाडीलाई छुट्टा–छुट्टै आर्कषक ट्रफीहरु प्रदान गरिदै आएको अध्यक्ष गुरुङले जानकारी दिए । उनले भने–“पोखराको एक मात्र आहा ! रारा ! गोल्ड कपमा खेलाडीले पाउने ट्रफी पनि आर्कषक होस भन्नका लागि हामीले यसरी दिंदै आएका हौ ।”

युके बाट प्राप्त ति ट्रफीहरु सहारा युकेका महासचिब धनु थकालीले सहारा क्लब पोखराका अध्यक्ष केशव बहादुर थापालाई शनिवार हस्तान्तरण गरेका छन ।




तस्विरः सुदर्शन रञ्जित
