रंगशालाको फुटबल मैदानमा पानी छर्किने अत्याधुनिक ‘रेन गन’

केशव पाठक/ पोखरा, पोखरा रंगशाला फुटबल मैदानमा अव पानी हाल्न कुनै ट्याङकर वा मानिसको आवश्यकता नर्पने भएको छ । पोखरा रंगशाला मैदान वरपर ‘रेन गन’ प्रविधी जडान भएपछि यसले स्वचालित रुपमा पानी आवश्यक्ता अनुसार छर्किने व्यवस्था मिलाइएको हो ।

नेपालका लागि नौलो मनिएको उक्त ‘रेन गन’ प्रविधी पोखरा रंगशालामा पहिलो पटक जडान गरिएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका इन्जिनियर प्रनिश ताम्राकारले बताए ।

Rain Gun Pokhara Stadium

Rain Gun Pokhara Stadium

Posted by PokharaSports.com on Wednesday, February 19, 2020

‘रेन गन’ प्रविधी बाट आवश्यक्ता अनुसार रंगशालामा पानी छर्किन मिल्ने गरिएको ताम्राकारको भनाई छ । मैदान वा आसपास ट्रयाक समेत पानी छर्केर सफा गर्न सकिने ‘रेन गन’ प्रविधी भारत बाट खरिद गरिएको हो । एक थान ‘रेन गन’ लाई १० लाखमा खरिद गरिएको हो । पोखरा रंगशाला मैदानमा ७ वटा ‘रेन गन’ जडान गरिएको छ ।

टाइमर सहित जडान गरिएको उक्त प्रविधीमा ५, ७, १० मिनेट आवश्यक्ता अनुसार संचालन गर्न सकिन्छ । “अहिले हामीले ट्रयाकमा छर्किने गरेका छैनौ” उनले भने–“मैदानी भागमा छर्किदा हावाले उडाएको पानीको कणलेनै ट्रयाक समेत भिज्छ ।” ‘रेन गन’ चलाउन पोखरा रंगशाला मैदान नजिकै पम्प हाउस बनाइएको छ । पम्प हाउस बाट पानी मोटरवाट सोझै रेन गनमा पठाएपछि पानीको फोहोरा सहित मैदानलाई भिजाउन सकिन्छ ।

उक्त रेन गन प्रविधीको बुधवार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिबले समेत अवलोकन गरेका थिए ।

पोखरा रंगशालामा यस खघि प्रतियोगिताहरु संचालन हुँदा ट्याङकर बाट पानी हाल्ने गरिन्थ्यो । जस बाट आयोजकको समेत लागत वढने र समय पनि उत्तिकै खर्च हुन्थ्यो । तर प्रविधीले अव त्यस्ता झण्झट बाट मुक्त भए पनि संरक्षणको आवश्यक्ता रहेको सदस्य सचिब सिलवालले आंैल्याएका छन ।
तस्विरः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close